गूगलले भारतीय स्टार्टअपहरुको तिब्र विरोधपछि इन एप शुल्कको अवधि थप्यो

Technology Khabar २० आश्विन २०७७, मंगलवार

गूगलले भारतीय स्टार्टअपहरुको तिब्र विरोधपछि इन एप शुल्कको अवधि थप्यो

काठमाडौं ।

अल्फाबेट इंकको गूगलले भारतीय एप विकासकर्ताहरूको लागि कमिशन शुल्कका लागि नयाँ बिलिग प्रणाली अनुपालन गर्ने अवधि थप ६ महिनासम्म बढाएको छ ।

स्थानीय स्टार्टअप्सले गूगलको शुल्कको बारेमा आक्रोस व्यक्त गरेको केही दिन पछि कम्पनीले सोमबार सो घोषणा गरेको हो ।

गुगलले अब आफ्नो विश्वव्यापी नीतिलाई कडाईका साथ लागू गर्नेछ र मार्च ३१ २०२२ देखि भारतीय विकासकर्ताहरूबाट इन एप पर्चेजका लागि ३० प्रतिशत कमीशन शुल्क लिनेछ ।

थप समय दिँदै कम्पनीले भन्यो, ‘यो स्थानीय आवश्यकता र सरोकारप्रति ध्यान दिदै आएको छ।’

भारतमा धेरै स्टार्टअपहरूले अर्को बर्ष सेप्टेम्बर ३० को अवधि पालनाका लागि सरकार र अदालतमा गुनासो पेश गरेर कम्पनीलाई चुनौती दिने तरिकाहरूको बारेमा छलफल गर्न एकिकृत भएपछि यो कदम चालेको हो।

उनीहरुले गूगल प्ले स्टोरको कमिशन बारे गुनासो गरिरहेका छन् ।

‘हामी सफल हुन सक्दैनौं जबसम्म हाम्रा साझेदारहरू सफल हुँदैनन्,’ गुगलले एक ब्लग पोस्टमा भन्यो । यसले उनीहरूको मुद्दाहरू बुझ्न प्रमुख भारतीय स्टार्टअपहरूको साथ ‘सुनुवाई सत्र’ स्थापना गर्ने बताएको छ।

यो विवाद केहि दिनअघि भारतको प्रमुख पेमेन्ट एप पेटिएमलाई प्ले स्टोरबाट हटाएसँगै शुरु भएको थियो । भारतमा करिब ९९प्रतिशत स्मार्टफोनहरु गूगलको एन्ड्रोयडमा आधारित रहेका छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

ताजा समाचार