नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न

Technology Khabar १९ आश्विन २०७७, सोमबार

नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट र भिडियो कन्फ्रेन्स/वेविनार मार्फत आयोजना गरिएको बैंकको विशेष साधारण सभा सम्पन्न भयो ।

उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट बृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको जानकारी दिएको छ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको जानकारी गराएको छ ।

TK Viber

प्रकाशित: १९ आश्विन २०७७, सोमबार

Loading...