इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना, रेमिट्यान्स पठाउँदा रू.१०० रिचार्ज पाईने

Technology Khabar १९ आश्विन २०७७, सोमबार

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना, रेमिट्यान्स पठाउँदा रू.१०० रिचार्ज पाईने

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ।

यस योजना अन्तरगत इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू १०० बराबरको रिचार्ज जित्न सकिन्छ।

इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा रू. सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू. सय बोनस प्राप्त गर्न सकिनेछ। यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ।

यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुनेछ।

रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहेको इसेवा मनि ट्रान्सफरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ।

हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ।

TK Viber

प्रकाशित: १९ आश्विन २०७७, सोमबार

Loading...