ई फार्मबाट दशैंका लागि खसी बुकिङ गर्न सकिने, होम डेलिभरी समेत गरिदिने

Technology Khabar १९ आश्विन २०७७, सोमबार

ई फार्मबाट दशैंका लागि खसी बुकिङ गर्न सकिने, होम डेलिभरी समेत गरिदिने
Classic Tech

ई फार्मले अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु गरेको छ । खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरेको ई फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए।

धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याईएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा होम डेलिभरी गर्ने बताइएको छ ।

प्रि-बुकिङमा जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्नेको लागि ५ केजिभन्दा माथीको अर्डर दिन सक्नेछन्। ई फार्मले ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको खण्डमा १० प्रतिशत सम्म छुट दिने योजना पनि ल्याएको छ ।

ई फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइट (https://www.efarm.live/)मार्फत वा ९८०१८५५५०५ मा फोन गरेर पनि बुकिङ गर्न सकिनेछ। वेबसाइटको प्रि बुकिङको अप्सनमा गएर आफ्नो जानकारी भरेर अर्डर गर्न सकिने बताईएको छ।

‘हाम्रो आफ्नै मासु काट्ने ठाउँ छ, त्यहाँ आएर उपभोक्ता आफैले खसी तथा च्याङ्ग्रा रोजेर लैजान सकिने छ भने सामाजिक संजाल मार्फत भिडियो कल गरेर पनि खसी तथा च्याङग्रा रोजेर अर्डर गर्न सकिनेछ,’ श्रेष्ठले भने ।

ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै भएको जानकारी दिईयो ।

TK Viber

प्रकाशित: १९ आश्विन २०७७, सोमबार

Loading...