प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्य, प्रभुका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने

Technology Khabar १८ आश्विन २०७७, आईतवार

प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्य, प्रभुका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने
Global IME Bank

काठमाडौं ।

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।

प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिंग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग र्पुयाउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन्।

सम्झौता अनुसार बैंकले स्प्यारो पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने), ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने जनाएको छ।

Sajilo Visa

प्रकाशित: १८ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार