दराजको दशैं धमाका योजना, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० पाईने

Technology Khabar १८ आश्विन २०७७, आईतवार

दराजको दशैं धमाका योजना, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० पाईने

काठमाडौं ।

अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो दशैं सेल- दराज दशैं धमाका लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ (अक्टोबर ५) देखि शुरु हुने भएको छ। दिनहुँ कोभिडका केसहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारि छूट, आकर्षक भौउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट, फ्ल्यास सेल्स, निशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नुहुनेछ।

कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट

दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) सम्मको छूटको पनि व्यवस्था गरेको छ । निम्न बैंकका ग्राहकहरूले यस छुट पाउन सक्नेछन्- नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंक।

अनलाइन लूडो प्रतियोगिता

उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन्।

यसबाहेक, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीत्नेछन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्।

प्रतियोगिता २१ देखि २२ असोज (७-८ अक्टोबर) हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोज (१-५ अक्टोबर) भित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, “दशैं मनोरन्जन र किनमेलको समय हो। हरेक पसल, बजार, र अनलाइन प्लेटफर्मले दशैंको लागि भनि उत्साहजनक प्रस्तावहरु लिएर आउछन् । तर दराजमा तपाईँले केवल शपिङ्ग मात्र गर्नुहुन्न तर रमाईलो खेलहरु, रोमान्चक क्विजहरु, र अन्य प्रतियोगिताहरुमा पनि संलग्न भई पुरष्कारहरु जित्न हुनसक्नुहुन्छ। वर्तमान स्थितिलाई ध्यान राख्दै, र दशैंको किनमेलको लागि दशैं धमाका पक्कै पनि ग्राहकहरुको शपिंग आवश्यकताहरू पूरा गर्ने उत्तम र सुरक्षित तरिका हो।”

यसबाहेक उपभोक्ताहरुले विभिन्न छानिएका ब्रान्डका खास उत्पादनहरुमा ६० प्रतिशतसम्मको छूट पाउने दराजले दाबी गरेको छ।

easy care

प्रकाशित: १८ आश्विन २०७७, आईतवार