सामसङको ‘बडा दसैं, बिग धमाका’ अफर, बम्पर लक्की ड्रमा रेनो डस्टर गाडी पाईने

Technology Khabar १७ आश्विन २०७७, शनिबार

सामसङको ‘बडा दसैं, बिग धमाका’ अफर, बम्पर लक्की ड्रमा रेनो डस्टर गाडी पाईने

काठमाडौं ।

सामसङले यो चाडवाडको मौसममा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई “बडा दसैं बिग, धमाका” योजना सार्वजनिक गरेको हो।

सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गरि यस धमाकामा सामेल हुनुहुने ग्राहकहहरुलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ । यस अफर अन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्र मार्फत् रेनो डस्टर गाडी तथा साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुलाई होण्डा हर्नेट १६०आर तथा १० जना विजेताहरुलाई ग्यालेक्सी नोट २० प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् गरिने छ । बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्मार्टफोनहरुको सट्टामा नगद उपहार प्रदान नगरिने कम्पनीले जनाएको छ।

यो अफर यही आश्विन १६ गतेदेखि मंसिर २ गते सम्म लागु हुनेछ । लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्र्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिनेछ। बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिनेछ।

यो योजना नेपाल अधिराज्यभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. तथा आइएमएस प्रा.लि अन्तगर्तका सामसङ ब्राण्ड सप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १७ आश्विन २०७७, शनिबार