बैंक अफ काठमाण्डूले एटिएम कार्डको लागि शुरु गर्यो ग्रिन पिन सुबिधा

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

बैंक अफ काठमाण्डूले एटिएम कार्डको लागि शुरु गर्यो ग्रिन पिन सुबिधा
Classic Tech

बैंक अफ काठमाण्डूले ग्रिन पिन सुबिधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि उक्त सुबिधा ल्याएको हो ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।

नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।

यस पश्चात कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जनाएको छ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

Loading...