भारतमा भन्सार बढेसँगै अक्टुबर १ पछि टिभीको मूल्य बढ्ने, नेपाली बजारमा पनि वृद्धिको असर पर्नसक्ने

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

भारतमा भन्सार बढेसँगै अक्टुबर १ पछि टिभीको मूल्य बढ्ने, नेपाली बजारमा पनि वृद्धिको असर पर्नसक्ने
सांकेतिक

काठमाडौं ।

एलईडी र एलसीडी टिभीको निर्माणमा प्रयोग हुने महत्वपूर्ण कम्पोनेन्टमा भारतमा सरकारले अतिरिक्त ५ प्रतिशत भन्सार महसुल अक्टुबर १, बिहीबार देखि लागू  गरेको छ।

भारतीय सरकारले बुधवार जारी एक सूचनामा सो थप ५ प्रतिशत शुल्कको जानकारी दिएको छ । सरकारले भन्सारबाट ओपन सेलको आयातमा गत वर्ष ३० सेप्टेम्बर २०२० सम्म छुट दिएको थियो।

भारतको घरेलु उद्योगले सो समयावधि माग गरेको थियो जसमा उत्पादन क्षमता बिस्तार गर्ने बताईएको थियो ।

नयाँ निर्णयसँगै भारतीय बजारमा टिभी सेटहरु महंगो हुने भएका छन् । यसका साथमा नेपाली बजारमा पनि यसको प्रभाव देखिने संभावना रहेको छ ।

भारतीय मिडियाहरुकाअनुसार गत वर्ष सम्म भारतमा ७ हजार करोड भारु बराबरको टेलिभिजनहरू आयात गरिएको थियो। टेलिभिजन आयातलाई यस बर्ष जुलाईको अन्त्यदेखि प्रतिबन्धित कोटीमा राखिएको छ। भारतीय सरकारले यस चरणबाट घरेलू उत्पादनलाई प्रोत्साहित गर्न चाहेको छ।

एलईडी टिभीले ओपन सेल पिक्चर ट्यूबको रूपमा काम गर्दछ। यो कम्पोनेन्ट भारतमा उत्पादन भइरहेको थिएन, जसका कारण सरकारले यसमा शुल्क लगाएको हो। कम्पनीहरूले ओपन सेलहरू आयात गरिरहेका थिए र भारतमा एसेम्बल हुने टिभीमा जडान गर्ने गरेका थिए । गत वर्ष उनीहरूले सरकारसँग एक बर्षको माग गरेका थिए, त्यसपछि सरकारले कम्पनीहरूलाई यहि ३० सेप्टेम्बरसम्मको समय दिएको थियो। रिपोर्टका अनुसार सरकारको निर्णयले टिभीको मूल्य ८०० देखि १५०० भारुसम्म वृद्धि हुनसक्नेछ भारतीय समाचार रिपोर्टहरुले उल्लेख गरेका छन् ।

यो निर्णयले नेपाली बजारमा पनि प्रभाव पार्न सक्दछ । नेपाली बजारमा भारतबाट अन्य इलेक्ट्रोनिक्स उपकरणहरुका साथै टिभी पनि आयात हुने गरेको छ । जसले गर्दा भारतमा नै मूल्य महंगो भएसँगै नेपालमा त्यसको मूल्य वृद्धि हुनेछ ।

यहि आर्थिक वर्षको पहिलो महिनामा मात्रै भारतबाट ४ हजार ७ सय यूनिट भन्दा बढि कलर टिभी आयात भएको तथ्यांक रहेको छ ।

easy care

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार