प्रभु पेमार्फत ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

प्रभु पेमार्फत ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा
Classic Tech

दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सक्रिप्सन सहित ओटिटि (मोबाइल टिभी) निशुल्क प्राप्त गर्ने भएका छन्।

ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख रुपैयाँ बराबरको रहने बताइएको छ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्तामध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सक्रिप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभी दिने जनाएको छ।

त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

Loading...