वैकल्पिक एप स्टोर स्थापना गर्न भारतीय डेभलपर र आईटी उद्यमीहरुको माग

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

वैकल्पिक एप स्टोर स्थापना गर्न भारतीय डेभलपर र आईटी उद्यमीहरुको माग

काठमाडौं ।

गूगल प्ले स्टोर र एप्पल एप स्टोरको विकल्पको रुपमा भारतमा एप इकोसिस्टमअन्तरगत आफ्नो छुट्टै एप स्टोर निर्माण गर्न चर्को माग आएको छ ।

वास्तवमा एप विकासकर्ताहरू र भारतका सूचना प्रविधि (आईटी) क्षेत्रका उद्यमीहरूले भारतीय एप स्टोर सिर्जना गर्न माग गरेका छन्।

हालसालै गूगलले त्यस्ता एपहरूको लागि ३० प्रतिशत शुल्क घोषणा गर्‍यो जुन प्ले स्टोरमा अवस्थित छन् तर गूगलले बिलिङ्ग प्रणाली प्रयोग गरिरहेका छैनन्।

यसका साथै हालै गूगलले भारतको सबैभन्दा धेरै प्रयोग हुने पेमेन्ट एप पेटिएमलाई प्ले स्टोरबाट हटाई दिएको थियो । त्यसपछि पनि जोमाटोलगायत कम्पनीका एपहरुलाई चेतावनी दिएको थियो ।

त्यसका साथमा भारतमा वैकल्पिक एप स्टोर स्थापना गर्न माग भएको हो ।

एक भारतीय एप स्टोर पहिले नै अवस्थित छ जुन हाल सरकारी एप्सको लागि मात्र हो। यसमा उमंग, आरोग्य सेतु र डिजिलकर जस्ता सरकारी प्रयोगका एप्स छन्। एक अधिकारीले यसलाई नै सुरु गरेर विस्तार गर्न सकिने बताएको भारतीय संचारमाध्यमको रिपोर्टहरुमा उल्लेख छ ।

स्रोतलाई उदृत गर्दै आएका समाचारअनुसार, फोनमा गूगल प्ले स्टोरको साथ, वैकल्पिक एप स्टोर पनि प्रिलोड हुनुपर्ने हुन्छ, यसको लागि स्मार्टफोन निर्माता कम्पनीहरूका लागि नीति ल्याउनु आवश्यक रहेकोछ।

वैकल्पिक एप स्टोर स्थापना गर्ने बारेमा भारतीय केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मंत्री रवि प्रसाद पनि सकारात्मक रहेको बताईएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

ताजा समाचार