ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगत परियोजनाका कागजातहरु डिजिटाइज गरिँदै

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगत परियोजनाका कागजातहरु डिजिटाइज गरिँदै
फाइल फोटो
Classic Tech
Nepal Telecom

गत आर्थिक वर्षदेखि कार्यालयका सम्पूर्ण कामहरु अटोमेसनमार्फत संचालन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले अब आफ्ना परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्ने भएको छ ।

टेलिकम क्षेत्रको नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगतका परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्न लागेको हो ।

जसअन्तरगत प्राधिकरणले हालै सो डिजिटाइनको कार्यका लागि रेडियन्ट इन्फोटेक नेपाल प्रालिलाई जिम्मा दिएकोछ । सो कम्पनीले प्रोजेक्टका कागतपत्रहरु र प्रोजेक्टका प्रकृयाहरुलाई अटोमेसनमा लैजानका लागि परामर्शदाताको रुपमा काम गर्नेछ भने सो कम्पनीले आवश्यक सफ्टवेयरलगायत तयार पार्नेछ ।

‘अहिले ग्रामीण परियोजनाहरुको मात्र कागतपत्रलाई डिजिटाइज गरिनेछ, जसअनुसार कम्पनीले आवश्यक सफ्टवेयरसमेत बनाउनेछ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने।

उनकाअनुसार कार्यालय अटोमेसनमा गईसकेको हुँदा कागतपत्रहरुलाई समेत डिजिटाइज गर्ने प्रकृयाको शुरुवात भएको हो। आगामी दिनमा कार्यालयका सम्पूर्ण पुराना कागतपत्रहरुलाई पनि डिजिटाइज गरिनेछ ।

प्रोजेक्टका कागतपत्रलाई डिजिटाइज गर्नका लागि २५ लाख १२ हजार ७५० रुपैयाँमा सो कम्पनीलाई जिम्मा दिईएको छ ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

Comments are closed.

Loading...