अब आफै मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरे २५ प्रतिशतसम्म छुट

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

अब आफै मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरे २५ प्रतिशतसम्म छुट

नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जरिवानाबाट बच्न तथा समय समेत बचाउन नयाँ व्यवस्था गरिएको जनाएको छ ।

केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो ।

नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ ।

यस्तै ८ औंं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ । निमायनुसार १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।

विद्युत् महशुल भुक्तानी गर्न ढीला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने प्राधिकरणले उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

Loading...