समाचार सामाग्रीका लागि गूगलले प्रकाशकहरुलाई रकम दिने, एक अर्ब डलर लगानी गर्दै

Technology Khabar १६ आश्विन २०७७, शुक्रबार

समाचार सामाग्रीका लागि गूगलले प्रकाशकहरुलाई रकम दिने, एक अर्ब डलर लगानी गर्दै
Classic Tech

सर्च इन्जिन जायन्ट गूगलले आगामी ३ वर्षभित्र १ अर्ब डलर संसारभरका छानिएका समाचार प्रकाशकहरुलाई गूगलमा समाचार सामाग्री उपलब्ध गराएबापत भुक्तानी गर्ने भएको छ ।

वास्तवमा, गूगलले यस रकमलाई यसको एक कार्यक्रम अन्तर्गत दिनेछ जहाँ कम्पनीको समाचार प्रडक्टमा समाचार सामग्रीहरु अपलोड गर्दछन्।

गूगल र अल्फाबेट इंकका सीईओ सुन्दर पिचाईले बिहिबार एक ब्लगपोस्ट लेखेका छन्। यसमा, उनले बताएका छन् कि आगामी दिनमा आउने गूगल (Google News) न्यूज भित्र राखिने समाचारहरु कसरी अन्य समाचार प्लेटफर्महरु भन्दा फरक हुनेछ।

ब्लग पोष्टमा, सुन्दर पिचाईले लेखेका थिए, ‘यो अहिलेसम्मको हाम्रो सबैभन्दा ठूलो वित्तीय प्रतिबद्धता हो, जस अन्तर्गत हामी प्रकाशकहरूलाई एउटा फरक अनलाइन अनुभवका लागि उच्च गुणस्तरको सामग्री सिर्जना गर्न भुक्तान गर्नेछौं।’

पिचाईकाअनुसार गूगल न्यूजसँग सम्बन्धित यो नयाँ उत्पादन सबैभन्दा पहिले जर्मनीमा प्रदर्शन गरिने छ। यसका लागि कम्पनीले जर्मनीका समाचार पेपरहरुसँग साझेदारी गरिसकेको छ।

पिचाईले यो पनि भनेका छन कि गूगलको यो उत्पादन अन्य समाचार उत्पादनहरु भन्दा फरक हुनेछ। यस अन्तर्गत, प्रकाशकहरूले गूगल समाचार प्लेटफर्ममा आफ्ना पाठकहरूलाई उत्कृष्ट समाचार प्याकेज प्रदान गर्न सक्षम हुनेछन्।

गएको जूनमा, गूगलले गूगल न्यूज शोकेस (Google News Showcase) ल्याउने घोषणा गर्‍यो जुन गूगल न्यूजको हिस्सा हुनेछ। कम्पनी भन्छ कि यो पाठकहरु र प्रकाशकहरुको फाईदाको लागी बनाईएको हो।

गूगलले त्यसबेला नै गूगल न्यूज प्लेटफर्ममा प्रकाशकहरूलाई उच्च गुणस्तरको सामग्रीको लागि भुक्तान गरिनेछ। यद्यपि यो हालको गूगल समाचार भन्दा फरक हुनेछ।

यसअन्तरगत प्रकाशकहरूले फिचर लेखहरूमा फोकस गर्नेछन् जसमा टाइमलाइनहरू, बुलेटहरू र सम्बन्धित लेखहरू समावेश छन्। यस बाहेक, त्यहाँ अन्य कम्पोनेन्टहरू जस्तै भिडियो, अडियो र डेल ब्रीफिंग हुनेछ।

हालसम्म अष्ट्रेलिया, अर्जेन्टिना, बेलायत, ब्राजिल, क्यानडा र जर्मनीका २०० प्रकाशकहरूले गूगलको कार्यक्रमका लागि साइन अप गरेका छन्।

गूगलले आउँदो समयमा यो प्रडक्ट लन्च गर्नेछ, जुन एन्ड्रोइड स्मार्टफोनमा गूगल समाचार भित्र देखिनछ। कम्पनी आगामी दिनमा यसलाई विस्तार गर्नेछ र एप्पल डिभाइसमा पनि दिनेछ।

यो सुबिधा र अफर नेपाली समाचार प्रकाशकहरुका लागि उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुनै जानकारी छैन् । नेपालमा हालसम्म गूगल न्यूजमा समाचार राख्ने सुबिधा गूगलले दिएको छैन् ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

Loading...