नेपालमा ओपो एफ१७ प्रोको बिक्रि आरम्भ

Technology Khabar १५ आश्विन २०७७, बिहीबार

नेपालमा ओपो एफ१७ प्रोको बिक्रि आरम्भ
Classic Tech
Nepal Telecom

ओपोले नेपालमा आजबाट एफ१७ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्समार्फत स्मार्टफोनको विक्रिखुल्ला गरेको हो।

सेप्टेम्बर २७मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओपो एफ१७ प्रोको मूल्य
८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७ प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ ।

कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

फोनका विशेषता बारे संक्षिप्त जानकारी
ओपो एफ१७ प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड एफएचडी प्लस डिस्प्लेका साथमा १६एमपी प्लस २ एमपी फ्रण्ट क्यामरा सेटअपका लागि डुअल पञ्च-होल कटआउट दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामरा सेन्सरको ब्यवस्था गरिएको छ । तिनमा ४८ एमपीको प्राइमरी क्यामरा, ८ एमपी अल्ट्रा वाइट, २एमपी म्याक्रो र २एमपी डेप्थ सेन्सर रहेका छन् ।

ओपोकाअनुसार एफ१७ प्रो “सन् २०२०कै स्लिकेस्ट फोन” हो । यसको मोटाई ७.४ एमएम अल्ट्रा-थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा-लाइटवेट बडी छ ।

एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री कार्ड स्लटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२ जीबी सम्म बढाउन सक्छन् । एफ१७ प्रोको एन्टि ल्यागिङ अल्गोरिदमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ । यसले गर्दा स्टटर्स र फ्रिज हुने जस्ता समस्या आउन पाउँदैन ।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्याश चार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ।

ओपो एफ१७ प्रोमा एण्ड्रोइड १० मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । ओपो१७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

Comments are closed.

Loading...