नागरिक लगानी कोषको मोबाइल एपमा समस्या, कोर सफ्टवेयर र मोबाइल एप इन्टिग्रेसन गरिँदै

Technology Khabar १३ आश्विन २०७७, मंगलवार

नागरिक लगानी कोषको मोबाइल एपमा समस्या, कोर सफ्टवेयर र मोबाइल एप इन्टिग्रेसन गरिँदै

नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीहरुलाई मोबाइल एपमा समस्या देखिएको भन्दै त्यसमा भर नपर्न भनेको छ।

लगानीकोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाशकोष योजनामा एनएलके वेब वेस्ड कोर सफ्टवेयर सिस्टम लागू गरी सञ्चालनमा ल्याएको तर सो सिस्टम र मोबाइल एपबिच एकिकरण नभएको हुँदा समस्या देखिएको भन्दै त्यसमा भर नपरि कार्यालयबाट नै अवकाश कोषको मौज्दात रकम र ऋण सापटीको स्टेटमेन्ट लिन आग्रह गरेको हो ।

लगानी कोषले सिआईटी मोबाइल एस र ईसर्भिसका प्रयोगकर्ताहरुलाई सार्वजनिक सूचना जारी गरेर सफ्टवेयर र मोबाइल एपमा इन्टिटग्रेसन नहुँदा मोबाइल एपमा गत साउन २३ गतेपछि कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषको ८० प्रतिशत सापटी तिरी सकेको बचतकर्ताको सापटी रकम घटेको नदेखिएको उल्लेख गरेकोछ ।

कोषले हाल सिआईटी मोबाइल एपमा देखिने मौज्दात र सापटी रकम सो समयअवधि भन्दा अगाडिको मात्रै भएको भन्दै मोबाइल एपमा नदेखिएपनि कोषको कोर सफ्टवेयरमा पोस्टिङ्ग भईसकेको दाबी गरेको छ ।

हाल मोबाइल एप र सफ्वेयरबिच इन्टिग्रेसनको काम भईरहेको भन्दै त्यसले बचतकर्तालाई असुविधा भएकोमा माफी मागेको छ ।

उक्त कार्य सम्पन्न हुनासाथ मोबाइल एपमा पछिल्लो मौज्दात ब्यालेन्स र सापटी रकम हेर्न सकिने व्यवस्था मिलाइने कोषले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: १३ आश्विन २०७७, मंगलवार

Loading...