गूगलले बिलिङ्ग धोखाधडीमा संलग्न १७ वटा एप्स प्ले स्टोरबाट हटायो, तपाईँपनि डिलिट गरिहाल्नुस्

Technology Khabar १२ आश्विन २०७७, सोमबार

गूगलले बिलिङ्ग धोखाधडीमा संलग्न १७ वटा एप्स प्ले स्टोरबाट हटायो, तपाईँपनि डिलिट गरिहाल्नुस्

काठमाडौं ।

गूगलले यस हप्ता आधिकारिक प्ले स्टोरबाट १७ एन्ड्रोइड एपहरू हटाएको छ। यी १७ वटा एप्सलाई जेसकेलरका सुरक्षा अन्वेषकहरूद्वारा पत्ता लगाईएको थियो जुन ‘जोकर’ नामक मालवेयरबाट संक्रमित थिए।

‘यी स्पाइवेयरहरु एसएमएस सन्देशहरू, सम्पर्क सूचीहरू, र उपकरण जानकारी चोरी गर्नका लागि तथा पीडितलाई चुपचाप प्रिमियम वायरलेस एप्लिकेसन प्रोटोकल (डब्ल्यूएपी-WAP) सेवाहरूको लागि साइन-इन गर्न डिजाइन गरिएका हुन्,’ जेसकेलरका सेक्यूरिटी रिसर्चर विरल गान्धीले भने।

१७ वटा मालिसियस एपहरू यसै महिना मात्र प्ले स्टोरमा अपलोड गरिएका थिए र पत्ता लगाउनुभन्दा पहिले १ लाख २० हजार भन्दा बढी पटक डाउनलोड गरिसकिएको थियो।

यी १७ एप्सको नाम यसप्रकार छन् –

  • अल गुड पिडिएफ स्क्यानर (All Good PDF Scanner)
  • मिन्ट लीफ मेसेज योर प्राइभेट मेसेज (Mint Leaf Message-Your Private Message)
  • यूनिक कीबोर्ड फ्यान्सी फन्टस एण्ड फ्री इमोटिकन्स (Unique Keyboard – Fancy Fonts & Free Emoticons)
  • ट्यानग्राम एप लक (Tangram App Lock)
  • डाइरेक्ट मेसेजन्सर (Direct Messenger)
  • प्राइभेट एसएमएस (Private SMS)
  • वन सेन्टेन्स ट्रान्सलेटर मल्टिफंगसनल ट्रान्सलेटर (One Sentence Translator – Multifunctional Translator)
  • स्टाइल फोटो कोलाज (Style Photo Collage)
  • मेटिक्यूलस स्क्यानर (Meticulous Scanner)
  • डिजायर ट्रान्सलेट (Desire Translate)
  • ट्यालेन्ट फोटो एडिटर -ब्लर फोकस (Talent Photo Editor – Blur focus)
  • केयर मेसेज (Care Message)
  • पार्ट मेसेज (Part Message)
  • पेपर डक स्क्यानर (Paper Doc Scanner)
  • ब्लर स्क्यानर (Blue Scanner)
  • ह्यूमिङ्गवर्ड पिडिएफ कन्भर्टर फोटो टू पिडिएफ (Hummingbird PDF Converter – Photo to PDF)
  • अल गुड पिडिएफ स्क्यानर (All Good PDF Scanner)

यसको आन्तरिक प्रक्रियाहरू पछ्याउँदै, गूगलले यी एप्सलाई प्ले स्टोरबाट हटायो, संक्रमित डिभाइसहरुमा यी एपहरू डिसएबल गर्नका लागि प्ले प्रोटेक्ट सेवा प्रयोग गरेको छ, तर प्रयोगकर्ताहरूले अझै म्यानुअलरुपमा उनीहरूको डिभाइसहरूबाट एपहरू हटाउन आवश्यक छ।

जोकर संक्रमित एपहरूको समूहमा विगत केही महिनामा गूगलको सुरक्षा टोलीबाट तेस्रो यस्तो एक्सन लिईएको हो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १२ आश्विन २०७७, सोमबार