सम्झौतामध्ये ७३ प्रतिशत स्थानीय तहमा इन्टरनेट ब्रोडब्यान्ड नेटवर्क जोडियो

Technology Khabar १२ आश्विन २०७७, सोमबार

सम्झौतामध्ये ७३ प्रतिशत स्थानीय तहमा इन्टरनेट ब्रोडब्यान्ड नेटवर्क जोडियो
Classic Tech
Nepal Telecom

देशभर ब्रोडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका परियोजनाको सम्झौता भएमध्ये ७२.७० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ । सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म उल्लेखित प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् । प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ ।

यो परियोजनाका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँको सम्झौता भए पनि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ मात्र भुक्तान गरिएको प्राधिकरणले जनाएको छ । गोरखापत्रबाट

TK Viber

प्रकाशित: १२ आश्विन २०७७, सोमबार

Comments are closed.

Loading...