बडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

Technology Khabar ११ आश्विन २०७७, आईतवार

बडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड
NTC_Advt

नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।

यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा रु. ३,०००/– बराबरको सामान खरिद गर्दा रु. ५००/– को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रकाशित: ११ आश्विन २०७७, आईतवार