देशभरका सम्पूर्ण आविष्कार‍लाई एकै थलोमा ल्याउन ‘इन्नोभेसन नेपाल’ वेबपोर्टल सार्वजनिक

Technology Khabar ११ आश्विन २०७७, आईतवार

देशभरका सम्पूर्ण आविष्कार‍लाई एकै थलोमा ल्याउन ‘इन्नोभेसन नेपाल’ वेबपोर्टल सार्वजनिक
Global IME Bank

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेबपोर्टल सार्वजनिक गरेको छ ।

नेशनल इन्नोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) को वेब पोर्टलमा नेपालको सम्पूर्ण आविष्कारहरुलाई एकै थलोमा ल्याउने उद्धेश्यका साथ इनोभेसन नेपाल (https://innovationnepal.nast.gov.np/)नामक वेबपोर्टल सार्वजनिक गरिएको हो ।

आईतबार आयोजना गरिएको भर्चुअल कार्यक्रममार्फत नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले संयुक्तरुपमा नेशनल इन्नोभेसन डिजिटल नेटवर्कको उद्घाटन गरे ।

नेपाल तथा विश्वभरका नवप्रवर्तकहरु र उनीहरुले नेपालमा गरेका नवप्रवर्तन र आविष्कारहरुको पहिचान तथा नक्साङ्कन गर्ने यस वेब पोर्टलको उदेश्य रहेको छ । यसमा विशेषगरि नेपाली नवप्रवर्तनहरुको प्रदर्शन र आवश्यक सहयोगको लागि प्रयोग गर्न सकिनेछ ।

यस नेशनल इन्नोभेसन डिजिटल नेटवर्कलाई व्यवस्थापन गर्न एक समिति पनि बनाइएको छ । यसमा रोबोटिक्स एशोसिएसन नेपाल र नक्शा प्रालिको प्राविधिक सहयोग रहेको छ । त्यस्तै द एशिया फाउन्डेसन र युके एडको आर्थिक सहयोग रहेको छ ।

नेशनल इन्नोभेसन डिजिटल नेटवर्क नवप्रवर्तकहरू र उनीहरूका नवप्रवर्तन र आविष्कारहरू सम्बन्धी जानकारी पहिचान गर्ने, नक्साङ्कन गर्ने, र नवप्रवर्तकहरू र उनीहरूका नवप्रवर्तनहरू नेपालभर र विदेशमा समेत प्रसार गर्ने, आफैमा एक नवप्रवर्तनीय पहल हो ।

यसले एक केन्द्रीय हबको रूपमा रहेर नेपालभरका समुदाय, व्यक्ति, समुह, निजी क्षेत्र, गैर-सरकारी संस्थाबाट कार्यान्वयनमा आएका विभिन्न चरणहरूमा रहेका सबै पहलहरूको अभिलेख राख्दछ र त्यस्ता पहलहरूलाई सहयोग पुर्‍याउने वेबपोर्टलमा उल्लेख छ ।

यस्तो छ यसको उद्धेश्यहरु-

  • एक खुल्ला रूपमा प्रयोग गर्न सकिने केन्द्रीय सूचना केन्द्र बनाउने जहाँ प्रयोगकर्ताहरूले नवप्रवर्तकहरूलाई प्रतिक्रिया दिने, सोधखोज गर्ने र सहयोग गर्ने विकल्प सहित नवप्रवर्तनको विस्तृत जानकारी र कहाँ, केकस्तो प्रगति भइरहेको छ भन्ने डाटामा पहुँच गर्न सक्छन् ।
  • सबै नवप्रवर्तकहरू लाई एक अर्का सँग जोड्ने ताकि उनीहरूको नवप्रवर्तनिय पहलहरूलाई अगाडी बढाउन सहकार्य गर्न सक्छन् ।
  • सरकारी र गैर सरकारी क्षेत्रहरूबाट प्रदानहुने विभिन्न कोष र लगानीको अवसरहरूको स्रोतमा नवप्रवर्तकहरूलाई जोड्ने ।
  • देश भरका नवप्रवर्तकहरूको वर्तमान स्थितिको तथ्याङ्क प्रदान गर्न र नवप्रवर्तकहरू र उनीहरूका नवप्रवर्तनहरूलाई समर्थन र प्रबर्द्धन गर्न, प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने ।
  • सरकारलाई, देश भरिका नवप्रवर्तकहरूको आवश्यकता बुझ्न सहयोग गर्ने ।
Sajilo Visa

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया