मतदान बन्द भएपछि गूगलले संयुक्त राज्य अमेरिकाको चुनाव सम्बन्धि विज्ञापनहरू रोक्ने

Technology Khabar ११ आश्विन २०७७, आईतवार

मतदान बन्द भएपछि गूगलले संयुक्त राज्य अमेरिकाको चुनाव सम्बन्धि विज्ञापनहरू रोक्ने

काठमाडौं ।

एप्पल इंकको गूगलले नोभेम्बर ३ मा हुने संयुक्त राज्य अमेरिकाको चुनाव पछि सम्बन्धित प्लेटफर्ममा चुनाव सम्बन्धित विज्ञापनहरू रोक्ने बताएकोछ ।

कम्पनीले शुक्रबार एक ईमेलमा विज्ञापनदाताहरूलाई सो जानकारी दिएको हो।

सो ईमेलमा भनिएको छ ‘विज्ञापनदाताहरूले यस वर्षको चुनावको दिनपछि अभूतपूर्व मतगणनाका साथ सम्बद्ध उम्मेदवारहरू, चुनाव वा यसको नतीजा सन्दर्भ गर्ने विज्ञापनहरू चलाउन सक्नेछैनन्।’

कोरोनाभाइरस महामारीको बिचमा बढेको मेल-इन भोटका कारण चुनावी नतिजामा ढिलाइ हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन।

रोयटर्सको रिपोर्ट अनुसार इमेलमा भनिएको छ कि कम्पनीले चुनावी विज्ञापनहरूमा प्रतिबन्ध लगाउनेछ, जसमा राज्य वा संघीय कार्यालय धारकहरू, उम्मेद्वारहरू, वा राजनीतिक दलहरू, साथै निर्वाचन सम्बन्धित खोजहरू रहने विज्ञापनहरू समावेश गरिएको छ।

गुगलका प्रवक्ताले भने कि यो प्रतिबन्ध कम्तिमा एक हप्ताको लागि हुने अपेक्षा गरिएको थियो तर यो प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय गरिएको थिएन। कम्पनीले मत गणना गर्न लागिएको समय वा नागरिक अशान्ति भएका जस्ता पक्षहरूमा विचार गर्ने बताईन्।

Global Bank
easy care

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

ताजा समाचार