सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

काठमाडौं ।

सनराइज बैंकले बाँकेको सीतापुर खजुरा गाउँपालिका–२ मा ५० औं शाखारहित बैंकिङ्ग सेवा सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा सो शाखारहित सेवा शुरु भएको थियो ।

सोही समारोहमा गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टि।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ।

easy care

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार