आठ हजार एसएमईहरू दराज सहयात्री कार्यक्रममार्फत अनलाइन सर्न सफल

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

आठ हजार एसएमईहरू दराज सहयात्री कार्यक्रममार्फत अनलाइन सर्न सफल
Global IME Bank

काठमाडौं ।

साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजार भन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए ।

ति मध्ये २१ सय भन्दा बढी एसएमईहरु दराज मार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु सन्चालनमा आउने प्रक्रियामा रहेको दराजले जानकारी दिएको छ।

कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निशुल्क पहुँच प्रदान गर्यो र लगभग रु ५५ लाख को आर्थीक सहायता प्रदान गरेको थियो।

यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटि मार्फत ईकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।

‘सहयात्री मार्फत हामीले जति पनि सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन्। एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।

सहयात्री कार्यक्रमले “डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने” दराजको मिशनलाइ पूर्ण समर्थन गर्दछ। अहिले दराजमा ६ हजार भन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ र ४.५ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध छन्।

यी नयाँ विक्रेताहरू अब दराज शपउत्सवको लागि तयारी गरिरहेका छन् जसमा दराजका सबै भन्दा ठुला सेल अभियानहरु दशैं धमाका, ११.११ र १२.१२ समावेश रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार