Technology Khabar ९ आश्विन २०७७, शुक्रबार
चीनको डोङ्गवान शहरमा रहेको ह्वावेको अनुसन्धान र विकास प्रयोगशालामा आगलागी भएको छ। भवनमा शुक्रबार मध्यान्न खैरो धुवाँको ठूलो मूस्लो उठिरहेको विभिन्न सोशल मीडिया र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
चीनकै अन्य संचारमाध्यमकाअनुसार सो स्थानमा बारुणयन्त्रहरु पुगिसकेको बताईएको छ भने दुर्घटनाको कुनै रिपोर्ट आएको छैन।
सो भवनबाट आगोको मुस्लो बाहिर आएको बताईएको छ। तर के कारणले आगालागी भयो भनेर उल्लेख गरिएको छैन् ।
सो भवन ह्वावेको प्रयोगशालामध्ये एक भएको र सो अझै निर्माणको चरणमा नै रहेको बताईएको छ ।
ग्लोबल टाइम्सकाअनुसार सो भवन स्टील फ्रेमले बनेको र सो आगलागीको कारण साउण्ड अब्जर्भ मटेरियलका कारण भएको उल्लेख छ ।
प्रयोगशाला कोटजस्तो लुगा लगाएको मानिसहरु सो क्षेत्र छोडेर गईरहेको सामाजिक संजालका भिडियोहरुमा देख्न सकिन्छ। केहि सामाजिक मिडिया भिडियोहरूले ‘विस्फोट’ भएको जस्तो बताएका छन्, तर अझै स्पष्ट छैन्।
A Huawei R&D building in China is burning. pic.twitter.com/N7HHTAvlm8
— Nils Ahrensmeier (@NilsAhrDE) September 25, 2020
डोङ्गवान शहर ग्वाङ्गडोङ्ग प्रान्तमा पर्दछ जहाँ ह्वावेको विशाल क्याम्पस रहेको छ जहाँ २५ हजार कर्मचारीहरु कार्यरत छन् ।
प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार