ट्विटरले सहयोग गरेको भारतीय सोशल नेटवर्क शेयरच्याटले ४ करोड डलर लगानी उठायो

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

ट्विटरले सहयोग गरेको भारतीय सोशल नेटवर्क शेयरच्याटले ४ करोड डलर लगानी उठायो
Classic Tech
Nepal Telecom

भारतीय सोशल एप शेयरच्याटले नयाँ लगानीकर्ताहरुको साथमा ४ करोड डलर लगानी जुटाएको छ ।

गैरअंग्रेजी भाषाहरूमा प्रयोगकर्ताहरूको सेवामा केन्द्रित रहेको भारतीय सामाजिक नेटवर्कले बिहीबार भन्यो कि हालैका महिनाहरूमा भारतीय स्टार्टअपले करोडौं नयाँ प्रयोगकर्ताहरू थपेपछि लगानीकर्ताहरूको समूहबाट उसले ४ करोड उठाएको छ।

५ बर्षे बंगलोरमा आधारित स्टार्टअपले बताएअनुसार टूव्हीलर निर्माता हीरो मोटो कर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी डा पवन मुन्जाल, रासायनिक निर्माण कम्पनी डीसीएम श्रीरामका अध्यक्ष अजय श्रीधर श्रीराम, र विद्यमान लगानीकर्ता ट्वीटर, साईफ पार्टनर्स, लाइटस्पीड भेन्चर्स र इण्डिया क्वाटियान्टले नयाँ चरणको लागि निवेश गरेको टेकक्रन्चको रिपोर्टमा उल्लेख छ।

शेयरच्याटका सहसंस्थापक तथा मुख्य कार्यकारी अंकुश सचदेवाले टेकक्रन्चसँग भने कि स्टार्टअपको नयाँ कोष यसको सेरिज ई फाइनान्सिंग चरणको एक हिस्सा हो।

स्टार्टअपले केही प्रमुख भेन्चर क्यापिटल कोषहरू र कर्पोरेट दिग्गजहरूसँग आउँदो केही महिनामा १०० मिलियन डलर भन्दा बढी लगानी संकलन गर्न संलग्न रहेको छ। सेयरचेटले आजसम्म करिब २६४ मिलियन डलर उठाइएको छ।

‘नयाँ पूँजीले शेयरच्याटलाई यसको प्लेटफर्ममा सिर्जनाकर्ताहरूलाई अझ राम्रो सपोर्ट गर्न मद्दत गर्दछ,’ सचदेवाले भने। भारतमा नयाँ दिल्लीले टिकटकमा प्रतिबन्ध लगाएको केही दिन पछि सेयरच्याटले जुलाईको सुरूमा छोटो भिडियो एप ‘मोज’ सुरू गरेको थियो जसमा तत्कालिन समयमा करिब २ करोड प्रयोगकर्ताहरू रहेका थिए ।

भारतमा टिकटकको प्रतिबन्ध लगत्तै विभिन्न कम्पनीहरु र स्टार्टअपहरुले शर्ट भिडियो शेयरिंग एप्स शुरु गरेका छन्। तर मोजले छोटो भिडियो शेयरिंग एप्सका बीच स्पष्ट रूपमा प्रभुत्व स्थापित गरेको छ।

शेयरच्याटकाअनुसार मोजले ८ करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ, जसले प्रत्येक दिन प्लेटफर्ममा ३४ मिनेट खर्च गरिरहेका छन्।

भारतीय भाषाहरूमा प्रयोगकर्ताहरूलाई सहयोग पुर्‍याउने सेयरच्याटको मार्की र एपिनामस एप, आफैंमा “विस्तारै” बढिरहेको बताएको छ ।

शेयरच्याटले नयाँ लगानी आफ्नो एआई पावर र नयाँ प्रडक्ट विकास गर्नका लागि खर्च गर्ने बताएको छ ।

TK Viber

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

Loading...