फोर्स मोटर्सको “दशैं आशिर्वाद” आफर, १० लाखसम्म छुट

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

फोर्स मोटर्सको “दशैं आशिर्वाद” आफर, १० लाखसम्म छुट

काठमाडौं ।

फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै “दशैं आशिर्वाद” अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तरगतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशिर्वाद उपहार योजना सार्वजनिक गरेको हो।

फोर्सले सार्वजनिक गरेका ३ अफर मध्ये कुनै एक अफर मात्र लागू हुने बताइएको छ । अफर सेवाग्राहीले छनौट गर्नुपर्नेछ।

अफर अन्तरगत फोर्स मोटर्सको १४ सिट क्षमताको ट्राक्स क्रुजर जीपको खरिदमा “९ महिना सम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैंयाको डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ लाख देखि १० लाख रुपैंयासम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत १ देखि ५ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने बताईएकोछ।

यसै गरी २६ सीट क्षमताको “ट्राभलर टी २” मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ देखि ६ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप ९१४ सिट० र ३ बर्ष वा ३ लाख किलोमिटर को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायत गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरमा स्थानीय डिलर मार्फत फोर्सका विभिन्न मोडेलका गाडिहरु विक्रि वितरण गर्दै आएको छ । उल्लेखित शोरुममा विक्रि पछिका सेवाहरु थ्रीएस सहितको सुविधा दिँदै आएको जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

ताजा समाचार