विश्वको शक्तिशाली सुपर कम्प्युटरमध्ये एकमा माइक्रोसफ्टले ओपनएआई मोडेल लाइसेन्स दिने

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

विश्वको शक्तिशाली सुपर कम्प्युटरमध्ये एकमा माइक्रोसफ्टले ओपनएआई मोडेल लाइसेन्स दिने

काठमाडौं ।

माइक्रोसफ्टले संसारको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरूमा ट्रेन्ड ओपनएआई मोडेललाई लाइसेन्सको अनुमति दिनेछ।

माइक्रोसफ्टले अज्युर अपरेटिङ सिस्टममा चल्ने आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म विस्तारका लागि ओपन एआईको जीपीटी९३ मोडलको लाइसेन्स दिने भएको छ। ओपन एआईको जीपीटी९३ एउटा अटो रिग्रेसिभ ल्याङ्ग्वेज मोडल हो जसले मानिसहरुले जस्तै लेख्न सक्छ।

भर्खरै माइक्रोसफ्टले आफ्नो ब्लगमा जनाए अनुसार जीपीटी९३ विश्वकै सबैभन्दा ठूलो र उच्च प्रविधिको ल्याङ्ग्वेज मोडल हो। साथै यसले १७५ बिलियन प्यारामिटर उपयोग गर्छ भने अज्युरको एआई सुपर कम्प्युटरबाट प्रभावित छ।

यस्तो छ माइक्रोसफ्टको लक्ष्य
अज्युरको सुपर कम्प्युटर सन्सारकै सबैभन्दा शक्तिशाली मध्ये एक हो। यसको उपयोग ओपन एआई का ठूला एआई मोडलहरुलाई ट्रेन गर्नका लागि गरिन्छ। जीपीटी९३ को लाभ लिँदै नयाँ सेवा तथा उत्पादन र अनुभवलाई एआईद्वारा सञ्चालन गर्नु माइक्रोसफ्टको लक्ष्य हो। माइक्रोसफ्ट जीपीटी९३ मोडलले व्यापारिक र सिर्जनात्मक क्षेत्रलाई धेरै नै प्रभाव पार्ने बुझिएको छ।

यी प्रविधिमा छ माइक्रोसफ्टको नजर
माइक्रोसफ्टले प्रविधिसम्बद्ध केही सम्भाव्य उद्योगहरुमा ध्यान केन्द्रित गरिरहेको छ। जस्तै लेखन क्षेत्रमा मानवीय सिर्जनशीलतालाई अझै सहज बनाउने, कोड सहितका ठूला ब्लक भएका तथ्याङ्कहरुलाई ब्याख्या गर्नु तथा प्राकृतिक भाषालाई अन्या भाषामा बदल्नु आदि। सम्भावयता तथा नयाँ नयाँ उपायहरुलाई टेबलमा ल्याउनु आफ्नो उद्देश्य रहेको माइक्रोसफ्टले बताएको छ। एजेन्सी

easy care

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार