यदि तपाईं सेकेन्ड ह्यान्ड स्मार्टफोन खरीद गर्न चाहनुहुन्छ, यी ५ प्रमुख कुराहरू ध्यानमा राख्नुहोस्

Technology Khabar ९ आश्विन २०७७, शुक्रबार

यदि तपाईं सेकेन्ड ह्यान्ड स्मार्टफोन खरीद गर्न चाहनुहुन्छ, यी ५ प्रमुख कुराहरू ध्यानमा राख्नुहोस्
सांकेतिक
Classic Tech

देशको स्मार्टफोन बजारमा कोरोना भाइरसको कारण ठूलो परिवर्तन भएको छ। बजारमा अझै भने जस्तो मोबाइल फोन किन्नका लागि कुर्नुपर्ने अवस्था रहेको छ ।

कम्पनीहरुले सहजरुपमा आयात गर्न नसक्दा बजारमा नयाँ मोबाइल फोनको अभाव रहेको छ। जसले गर्दा सेकेन्ड ह्यान्ड स्मार्टफोनको बजार गत केही महिनामा बढेको छ।

मर्मत गरिएको अर्थात् पुराना सेकेन्ड ह्यान्ड स्मार्टफोनको माग सार्वजनिकरुपमा वृद्धि हुँदै गएको छ । यसको मुख्य कारण हाे केटाकेटीहरूको अनलाइन कक्षा र वर्क फ्रम होम।

अहिलेको समयमा एक भन्दा बढि स्मार्टफोन अब प्रायः सबै घरहरुमा आवश्यकता भईसकेको छ किनकि बच्चाहरुको शिक्षाका लागि मोबाइल आवश्यक भएको छ।

बच्चाहरूको अभिभावकहरु नयाँ स्मार्टफोन महंगो मूल्यमा किन्नुभन्दा सस्तो मूल्यमा दोस्रो सेकेण्डह्याण्ड स्मार्टफोनहरू खोज्दैछन्। यस्तो मोबाइल फोन सजिलै अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ भने बजारमा रिटेलरहरुले समेत बिक्री गर्ने गर्दछन् ।

यदि तपाईं पनि पुरानो फोन खोज्दै हुनुहुन्छ भने आज हाम्रो लेखको माध्यमबाट हामी तपाईंलाई महत्त्वपूर्ण बुँदाहरू बताउँदैछौं जुन तपाईंले दोस्रो सेन्केन्ड स्मार्टफोन किन्नु अघि पढ्नै पर्छ।

१ प्रत्यक्ष किनबेच गर्नुहोस्

आजकल अधिकांश व्यापारको काम अनलाइनमार्फत हुन लागेको छ। अनलाइनको नाममा धेरै वेबसाइटहरू र ईकमर्श बजारहरू छन् जसमध्ये केहिले पुरानो सेकेण्ड हण्ड स्मार्टफोन बेच्ने र किन्ने सुबिधा दिन्छन् ।

यसका साथै सेकेण्ड ह्याण्ड फोन बेच्ने र किन्नेहरू पनि सजिलै सोशल मिडियामा फेला पार्न सकिन्छ। यदि तपाईं पनि त्यस्तै फोन बिक्री वा खरीद गर्न जाँदै हुनुहुन्छ भने, सम्झौता आमने सामने नै गर्ने प्रयास गर्नुहोस्।

यदि खरीदकर्ताहरू र विक्रेताहरू कुनै निश्चित स्थानमा भेट्न सक्ने अवस्थामा हुन्छन् भने तब यो अझ उत्तम हुन्छ। प्राय अनलाइन कुराकानी र प्रतिबद्धताहरू पछि गलत साबित हुनसक्छन्, त्यसैले खरिदकर्ता र बिक्रेता प्रत्यक्ष भेटिएमा यो समस्या रहँदैन् ।

२ करीव १५ मिनेट फोन चलाउनुहोस्

सबैको स्मार्टफोन किन्ने इच्छा हुन्छ। अर्कोतर्फ, जब सेकेण्ड ह्याण्ड फोन तपाईंको मनपर्ने मोडेलछ र जुन एकदम कम मूल्यमा उपलब्ध छ भने त्यसले निकै खुशी तुल्याउँछ। यस खुशीमा, मानिसहरूले अक्सर फोनलाई बाहिरबाट मात्र हेर्दछन् तर यसलाई प्रयोग गरेर हेर्दैनन्। यदि तपाईँले कुनै फोन किन्दै हुनुहुन्छ भने कम से कम १५ मिनेट निरन्तर रुपमा त्यो फोनलाई चलाउनुहोस्। यसो गरेर, फोनको प्रोसेसर पावर, र्याम, डिस्प्ले फ्रेम दर, ह्यागिंग समस्यालगायतका विषयहरु जानकारी हुन्छ।

आजकल, तपाईं स्मार्टफोनमा ब्याट्री हटाउन सक्नुहुन्न, तर केहि समयको लागि लगातार फोन चलाए पछि यसको हिटिंग समस्याको पनि अनुभव गर्न सक्नुहुन्छ। कतिपय स्मार्टफोनहरुमा त ब्याट्रीको अवस्था कस्तोछ अर्थात कतिप्रतिशत उपयोगी छ भन्ने जानकारी हेर्न सकिन्छ । यदि ब्याट्री झिक्न सकिने किसिमको छ भने निश्चित गर्नुहोस् कि यो नक्कली वा फूलेको छैन भनेर।

३ फोनको पोर्ट र लेन्स राम्ररी जाँच गर्नुहोस्

फोन एकदम सफा देखिन्छ र स्क्रिनमा कुनै स्क्र्याच छैन भने मानिसहरु तत्काल फोन किनिहाल्ने ईच्छा गर्दछन् । यस्तो उत्सुकतामा, मानिसहरूले फोनको बाह्य रूपमात्र देख्दछन् तर प्राय पोर्ट, माइक, स्पिकर र क्यामरा लेन्समा ध्यान दिँदैनन्। यी मोबाइलका केहि यस्ता अंशहरू हुन्, जसमा मानिसहरु अधिकांश ध्यान दिन चाहँदैनन तर फोन प्रयोग गर्दा यी बिना मोबाइलको कुनै मूल्य हुँदैन।

चार्ज गर्नमा कुनै समस्या छ कि भनेर हेर्न चार्जिंग पोर्ट जाँच गर्न नबिर्सनुहोस्। त्यस्तै गरी, जहाँसुकै कल गरेर फोनको माइक र स्पिकर जाँच गर्नुहोस् यसको लागि ह्याण्डस फ्रि गरेर समेच जाँच्नुहोस्। अगाडि र पछाडिका क्यामराबाट फोटोहरू लिएर क्यामरा लेन्सको पुष्टि गर्न निश्चित गर्नुहोस्।

४ बिल र बक्सको साथ आईएमईआई नम्बर भिडाउनुस्

यो कुरा निश्चित हुनको लागि पहिलो कुरा भनेको तपाईंले खरीद गरिरहनु भएको स्मार्टफोनको इनभ्वाइस बिल लिनु हो र फोनको खुद्रा बक्स हो। यदि फोन विक्रेताको तर्फबाट भनिन्छ कि बिल वा बाकस दोषपूर्ण छ वा हराएको छ भने यसको लिखित वा भिडियो प्रमाण लिनुहोस्।

यदि फोन एक अनलाइन शपिंग साइटबाट खरीद गरिएको थियो भने त्यहाँबाट ई-इनभ्वाइस सजिलै निकाल्न सकिन्छ। तपाईंले प्राप्त गर्नुभएको बिल वा बक्स, निश्चितरूपमा फोनको आईएमईआई नम्बरसँग मिलाउनुहोस् । त्यसो गरेर यो स्पष्ट हुन्छ कि त्यो वास्तविक डिभाइस नै हो भनेर। फोनको आईएमईआई जान्नको लागि तपाईंले डायल गर्न सक्नुहुन्छ।

याद गर्नुहोस् कि यदि खरीद गरिएको फोनमा ड्युअल सिम छ भने यसकोआईएमईआई नम्बर पनि दुईवटा हुनेछ। कृपया दुबै नम्बरहरू जाँच गर्नुहोस्।

५ भर्चुअल भुक्तानीबाट बच्नुहोस्

सेकेण्ड ह्यान्ड स्मार्टफोन खरीद गर्दा भर्चुअल वा अनलाइन भुक्तानी नगर्ने प्रयास गर्नुहोस्। कमसेकम फोन प्राप्त नभएसम्म भुक्तानी नगर्नुहोस् । प्रायः फोन विक्रेताहरूले लिंक पठाउँछन् र चेक वा भुक्तानीको लागि सोध्छन्, यदि तपाईं त्यस व्यक्तिलाई राम्रोसँग चिन्नुहुन्न भने यस्तो लिंक खोल्न प्रयास गर्नुहोस्। यदि आवश्यक छ भने, एक सुरक्षित उपकरण मात्र प्रयोग गर्नुहोस्।

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

Comments are closed.

Loading...