ओपो एफ१७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

ओपो एफ१७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै

काठमाडौं ।

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभ लञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहनेछ।

लामो समयदेखि कम्पनीले एफ सिरिज मार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफ सिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ । एफ१७ सिरिज मार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्डसेटर्स यूवाहरुका लागि एफ सिरिजको नयाँ समिकरण ओपो एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याश चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

क्यामराः
एफ१७ प्रोमा ६ एआई पोट्रेट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।

अल्ट्रा स्लिक फोनः
ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रबर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्लेः
एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।

३०वाट भोक फ्ल्याश चार्ज ४.०
एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेट भि त्र पूर्ण चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्यापनि न्यूनिकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड
ओपो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट पु्रफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ ।

एफ१७ प्रो कम्पनीले दूई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

ताजा समाचार