नबिल बैंकद्वारा नबिल ग्रीन पिन सेवा शुरु

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

नबिल बैंकद्वारा नबिल ग्रीन पिन सेवा शुरु

काठमाडौं ।

आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ ।

नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहक महानुभावहरुलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटिपी फर पिन मेनु छान्नु पर्नेछ ।

त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले इन्टर ओटिपी टू चेन्ज योर पिन “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नुहुनेछ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभावहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा रहेको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार