सामसङले विश्व महामारीलाई ध्यानमा राख्दै ग्यालेक्सी एस २० को सस्तो भर्सन ल्यायो

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

सामसङले विश्व महामारीलाई ध्यानमा राख्दै ग्यालेक्सी एस २० को सस्तो भर्सन ल्यायो

काठमाडौं ।

सामसङले आफ्ना फ्यान र कोभिडको विश्व महामारीलाई ध्यानमा राख्दै अर्को ग्यालेक्सी एस २०को सस्तो भर्सन बजारमा ल्याएको छ। ग्यालेक्सी एस २० फ्यान एडिसनकारुपमा आएको सो संस्करण ग्यालेक्सी एस २० एफईको नामले चिनिएको छ।

ग्यालेक्सी एस २० को ५जी लगायत धेरै विशेषताहरु यो फोनमा रहेको छ। त्यति मात्र नभई यो फोन सामसङको फ्ल्यागशिप मोडलभन्दा ३०० डलर सस्तो पर्छ। ग्यालेक्सी एस २० बजार मूल्य १००० डलर पर्दा यो फोन ७०० डलरमा नै बजारमा उपलब्ध छ।

५ जीका लागि भेरिजोनले ७५० डलर लिँदा अहिले ५० डलर भने अझै छुट दिएको छ। ६.५ इन्चको स्क्रीन रहेको उक्त फोनमा स्न्यापड्र्यागन ८६५ प्रोसेर र पानी प्रतिरोध आईपी६८ रहेको छ। क्यामरा पनि सामसङ एस् २० मा रहेको ३०एक्स स्पेस जुम सहित तीन वटा क्यामरा लेन्स रहेको छ।

एस २० जस्तै विशेषता रहेको यो फोनमा एउटा भिन्नता भने फोनको पछाडि प्रयोग भएको सामग्री हो। एस २० मा पछाडि सिसा रहेको थियो भने यस फोनको पछाडि प्लास्टिक प्रयोग भएको छ।

पछिल्लो दुई महिनामा भएको तेस्रो भर्चुअल इभेन्टको क्रममा सो फोन बुधबार रिलिज गरिएको हो। १००० डलर नतिरी पनि सामसङको एस सिरीजमा रुचि राख्ने ग्राहकका लागि सो फोन बजारमा ल्याइएको हो।

ग्यालेक्सी ए सिरिजभन्दा बलियो मानिएको यो फोनले यस महामारी बीच धेरै ग्राहकको ध्यान तान्ने विश्वास सामसङले गरेको छ।

कम्पनीले पहिला ए सिरिजका सस्तो फोन निकालेर एस सिरिजमा जाने संकेत गरेको थियो। तर पछिल्लोपल्ट एस १० लाइट निकालेजस्तै यसपालि एस २० एफई कम्पनीले निकालेको हो जसलाई कोरोनाले गर्दा धेरै मद्धत पुग्यो। सामसङ एस २० बजारमा आएको ६ महिनामा नै यो फोन कम्पनीले निकालेको हो जब कि सामसङ एस १० निस्केको एक वर्षपछि मात्रै एस १० लाइट आएको थियो।

ह्वावेलाई विश्वको सबैभन्दा बढी फोन बनाउने ख्याति सुम्पेको सामसङ फेरि शीर्ष स्थानमा पुग्ने प्रयास गर्दैछ। निकै नै कठिन समयमा फोन बजारमा ल्याइरहेको सामसङले निकै भिन्न फोन निकाल्न प्रयास गर्दैछ। ५ जी र फोल्डेबल स्क्रीन रहेको फोन निकाल्न कम्पनी अहिले व्यस्त रहेको छ।

मान्छेले अहिले फोनमा धेरै खर्च नगरी ल्यापटप किन्न खोजिरहेको बेला सामसङले गरेको यो प्रयास निकै स्वागतयोग्य मानिएको छ।

easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

ताजा समाचार