गूगल म्याप्समै अब कोरोना संक्रमितको संख्या थाहा हुने, विश्वका २२० देशमा उपलब्ध

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

गूगल म्याप्समै अब कोरोना संक्रमितको संख्या थाहा हुने, विश्वका २२० देशमा उपलब्ध
Classic Tech

गूगलले मोबाइलमा गूगल म्याप्स चलाउनेहरुका लागि अब कोरोना संक्रमणको यथार्थ तथ्याङ्क दिने भएको छ।

यसका लागि मोबाइलमा गूगल म्याप्स खोलेर प्रोफाइल पिक्चरको ठिक तल रहेको लेयर नाम गरेको बटन क्लिक गरेपछि त्यहाँ नयाँ कोभिड-१९ इन्फो भन्ने लेयर खुल्दछ। यसले लगभग एक साताको औसत कोरोना संक्रमितको तथ्याङ्क देखाउँछ।

यो तथ्याङ्क सँगै रहेको एरो बटनमा थाहा पाउन सकिन्छ र यसले एक हप्ताको अवधिमा प्रति १ लाख मान्छेमा के कति जना कोरोना संक्रमित थपिए र संक्रमित थपिने प्रवृत्ति घट्दो वा बढ्दो के कस्तो छ भनेर पनि प्रष्ट पार्छ।

यसका लागि गूगलले फरक फरक रंग संयोजनको प्रयोग गरेको छ।

यो तथ्याङ्क २ सय २० राष्ट्रका गूगल म्याप्स सपोर्ट गर्ने क्षेत्रका लागि उपलब्ध हुने जनाइएको छ। यसमा सम्बन्धित ठाउँका राज्य, देश तथा देशहरु विस्तृत रुपमा खुलाइनेछ।

यी तथ्य र तथ्याङ्कहरु जोन हप्किन्स विश्वविद्यालय, न्यूयोर्क टाइम्स तथा विकिपिडिया आदि स्रोतबाट लिइने गूगलले जनाएको छ।

यस बाहेक एउटै डाटाबेसबाट गुगल म्याप्समा लगिने हुनाले यी तथ्याङ्कहरु सर्च इन्जिनमा उपलब्ध भन्दा फरक नहुने गूगलको दावी छ।

TK Viber

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

Loading...