मोबाइल वर्ल्ड कंग्रेस २०२१ को मिति घोषणा, नियमित समय भन्दा करिब ३ महिना ढिला हुने

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

मोबाइल वर्ल्ड कंग्रेस २०२१ को मिति घोषणा, नियमित समय भन्दा करिब ३ महिना ढिला हुने

काठमाडौं ।

मोबाइल क्षेत्रको कुम्भ मेलाको रुपमा स्पेनको बार्सिलोनामा आयोजना हुने गरेको मोबाइल विश्व सम्मेलन अर्थात मोबाइल वर्ल्ड कंग्रेस परम्परागत रूपमा फेब्रुअरीको अन्तिम हप्ता वा मार्चको पहिलो हप्तामा आयोजना हसने गरेको छ ।

तर आगामी वर्षको सम्मेलन भने तोकिएको समयभन्दा निकै पछाडि हुने भएको छ । सम्मेलन नियमित समयभन्दा करिब ३ महिना पछाडी तोकिएको छ ।

कोभिड १९ महामारीको कारणले,सन् २०२० को सम्मेलन रद्द गरिएको थियो र अब जीएसएम एसोसिएसनले घोषणा गरेको छ कि अर्को बर्षको संस्करण जून २८ र जुलाई १, २०२१ को बीचमा आयोजना हुनेछ।

तर जीएसएमएले घोषणा तालिका राख्दै फेब्रुअरीको अन्तिम साता एमडब्लूसी शंघाई २०२१ आयोजना हुने बताएको छ । जहाँ आधिकारिकरुपमा २३ देखि २५ फेब्रुअरीको बिचमा हुनेछ।

चिनियाँ शहरमा हुने सम्मेलन एशिया प्रशान्त बजार र ब्रान्डमा लक्षित छ जुन प्राय बार्सिलोनामा जान सक्दैनन्।

जीएसएम एसोसिएशनका सीईओ जोन हफम्यानले एक प्रेस विज्ञप्तिमा भने कि -‘साझेदार र ग्राहकहरू एमडब्लूसी बार्सिलोना २०२१ सफल हुनेछ भन्ने सुनिश्चित गर्न समर्पित छन् ।’

उनको अनुसार, सम्मेलन एक अनुभव हो जसले सम्पूर्ण उद्योगलाई एकसाथ ल्याउँदछ।

शंघाई र बार्सिलोनाका परिवर्तन भएपनि अमेरिकाको लस एन्जलस शहरमा आयोजना हुने एमडब्लूसी लस एन्जलस २०२१ योजनाअनुसार नै रहनेछ, जहाँ अक्टुबरको अन्त्यमा आयोजना हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

ताजा समाचार