गूगलले आफ्नो जीमेल सेवाको आईकन नयाँ डिजाइनमा ल्याउँदै

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

गूगलले आफ्नो जीमेल सेवाको आईकन नयाँ डिजाइनमा ल्याउँदै

काठमाडौं ।

टेक कम्पनी गूगलले आफ्नो लोकप्रिय सर्भिस जीमेलमा नयाँ फीचरहरु थप गर्ने भएको छ ।

सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा परिवर्तनका साथै नयाँ लोगोसमेत ल्याउने भएको हो । कम्पनीले जीमेलको लोगोलाई नयाँ डिजाइन गरिरहेको छ।

गूगलले इमेलको सर्भिसको लागी नयाँ आइकन बनाइरहेको बताइएको छ । नाइन टु फाइभ गूगलको रिपोर्टअनुसार अहिले लोगोको टेक्निकल चित्र बनाउन थालिएको छ।

यसअघि नै गूगल म्याप्समा पनि लोगोलाई नयाँ तरिकाले प्रस्तुत गरिएको थियो । जसमा कम्पनीको फोर कलर प्रयोग गरिएको थियो । र गूगलका अधिकांश सेवाहरुले बिस्तारै फोरकलर आइकन प्राप्त गर्ने बताईएको छ ।

जीमेलको नयाँ लोगोमा सकेसम्म खामको आइकन हटाउन खोजिएको छ ।तर यसमा एम लेखिएको स्पष्ट देखिनेछ । खामको आकार रहेको आइकन भने सन २०१३ देखि एउटै रहेको छ । खामको आकार सँगसँगै लोगोको रङ्ग पनि फेरिने भएको जनाइएको छ ।

अहिले सम्म आइकनमा बहु रङ्ग प्रयोग गरिएको छ जस्तै निलो, हरियो, पँहेलो र रातो । गत महिना गूगलले जीमेलमा गूगलले च्याट, मीट जस्ता विकल्पहरु थपेको थियो । र हाल सो फीचरहरु इन्टरप्राइज ग्राहकहरुलाई समेत उपलब्ध गराउन लागेको छ ।

नयाँ डिजाइन कहिलेबाट उपलब्ध हुनेछ भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

ताजा समाचार