फोल्डेबल फोन निर्माता रोयोलेद्धारा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लन्च

Technology Khabar ७ आश्विन २०७७, बुधबार

फोल्डेबल फोन निर्माता रोयोलेद्धारा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लन्च
Global IME Bank

काठमाडौं ।

रोयोलेले आफ्नो नयाँ फोल्डेबल फोन रोयोले फ्लेक्सपाई २ (Royole Flexpai 2) बजारमा उपलब्ध गराउन सुरु गरेको छ। यो फ्लेक्सपाईको उत्तराधिकारी हो भन्ने विश्वास गरिन्छ।

यो त्यहि कम्पनी हो जसले संसारको पहिलो फोल्डेबल स्मार्टफोन निर्माण गरेको बताईएको छ। यो कम्पनी २०१२ मा अस्तित्वमा आएको थियो। यो कम्पनीको दोस्रो फोल्डेबल स्मार्टफोन हो। यो फोन ५जी नेटवर्क सपोर्टको साथ सुरू गरिएको छ।

रोयोलेको यस फोनमा तेस्रो जेनरेशनको सिकाडा विंग फ्लेक्सिबल ओएलईडी डिस्प्ले प्रयोग भएको छ, जसमा स्टेपलेस थ्रिएस हिंगका सहित राखिएको छ। जसले गर्दा तपाईंले रोयोल फ्लेक्सपाई २ फोनलाई जिरो ग्यापको साथ फोल्ड गर्न सक्नुहुन्छ। फोल्डिंगपछि फोनको मोटाई ४० प्रतिशतले घटनेछ।

यो फोन एक ७.८इन्च अनफोल्ड डिस्प्लेको साथ आउँदछ जुन अहिलेसम्मको सबैभन्दा ठूलो फोल्डेबल स्मार्टफोन डिस्प्ले हो। यसको रिजोलुसन १९२०*१४४० पिक्सेल छ। फोल्डिंग पछि फोनको प्राथमिक डिस्प्ले ५.५ इन्च र दोस्रो डिस्प्ले ५.४ इन्चको हुनेछ।

फोन ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज, ८ जीबी प्लस २५६ जीबी स्टोरेज, ८जीबी प्लस ५१२ जीबी स्टोरेज अप्सनका साथ उपलब्ध हुन्छ ।

यस फोनको क्यामराको बारेमा कुरा गर्दा फोनमा क्वाड क्यामरा सेटअप दिइएको छ, जसमा ६४ एमपीको प्राइमरी क्यामरा दिइएको छ। यस बाहेक, फोनमा १६ एमपी प्लस ८ एमपी प्लस ३२ एमपीको तीनवटा सेन्सर दिइएका छन्। यो फोन सनराइज गोल्ड, मिडनाइट ब्ल्याक र कॉस्मिक ग्रे कलर विकल्पका साथ उपलब्ध छ। पावरका लागि फोनमा ४,४५० एमएएचको ब्याट्री छ।

रोयोले फ्लेक्सपाई २ को मूल्य ९९८८ युआन अर्थात् करिब १ लाख ७० हजार तोकिएको छ। यो फोन सामसङ ग्यालेक्सी जे फोल्ड २ भन्दा करीव ४० प्रतिशत सस्तो छ।

यस फोनको प्रि-बुकिंग चीनमा शुरू भईसकेको छ । तर अन्य बजारहरुमा उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुनै जानकारी छैन् ।

यसले बजारमा सामसङ ग्यालेक्सी जे फोल्ड २ सँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ आश्विन २०७७, बुधबार