एप्पलको आफ्नो अनलाइन स्टोर भारतमा पनि सुरु, सम्पूर्ण उत्पादन र सेवाहरु उपलब्ध

Technology Khabar ७ आश्विन २०७७, बुधबार

एप्पलको आफ्नो अनलाइन स्टोर भारतमा पनि सुरु, सम्पूर्ण उत्पादन र सेवाहरु उपलब्ध

काठमाडौं ।

कोरोना महामारीको बीचमा अनलाइन शपिंगमा द्रुत बृद्धि भएको छ। यसै समयमा, अमेरिकी टेक कम्पनी एप्पलले भारतमा पनि आफ्नो अनलाइन स्टोर सुरु गरेको छ। यसअघि एप्पलले तेस्रो पक्षिय ईकमर्श कम्पनीहरुमार्फत आफ्ना डिभाइसहरु भारतीय बजारमा बिक्री गरिरहेको थियो ।

एप्पलका सीईओ टिम कुकले केहि दिनअघि भारतमा छिट्टै एउटा अनलाइन स्टोर सुरु गरिने घोषणा गरेका थिए। कम्पनीले भारतभर यसको सम्पूर्ण उत्पादन र ग्राहकहरुलाई सपोर्ट दिनेछ। यसको मतलब भारतमा ग्राहकहरुले आईफोन, आईप्याड, एप्पल वाच, म्याकबुक डिभाइसहरु र एप्पल टिभी किन्न सक्छन्।

‘नयाँ अनलाइन स्टोरले ग्राहकहरुलाई विश्वव्यापी एप्पल स्टोरहरुको प्रिमियम अनुभव दिनेछ, जुन अनलाइन टोलीका सदस्यहरुद्वारा प्रदान गरिने छ,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

नयाँ अनलाइन स्टोर भारतमा अहिले नै सुरू भइरहेको छ किनकी उत्सवको मौसम अक्टुबरबाट सुरु हुँदैछ। कम्पनीले धेरै अफरहरूको साथै विद्यार्थीहरूका लागि समेत अफर घोषणा गरेको छ।

एप्पल अनलाइन स्टोर हाल लाइभ छ तर उत्पादनहरू सूचीबद्ध गर्न अझै बाँकी छ। यसले धेरै सुविधाहरू सूचीबद्ध गरेको छ जस्तै एप्पल विशेषज्ञको साथ शप, कुनै सम्पर्कबिना नै गरिने निःशुल्क डेलिभरी, तपाई कसरी भुक्तानी गर्नुहुन्छ, आफ्नो पुरानो फोनलाई आईफोनमा परिवर्तन गर्नुस्, म्याक अर्डर, व्यक्तिगत सत्रको लागि कन्फिगर अर्डरलगायत राखेको छ ।

वेबसाइटले व्यक्तिलाई एप्पलकेयर प्लस खरीद गर्न अनुमति समेत दिनेछ जहाँ ग्राहकहरूले आफ्नो उपकरणको लागि वारेन्टी र सेवा विस्तार गर्न सक्दछन्।

easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार