टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री भएको कम्पनीको दाबी

Technology Khabar ७ आश्विन २०७७, बुधबार

टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री भएको कम्पनीको दाबी

काठमाडौं ।

‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ ।

जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ ।

उक्त भर्चुअल कार्यक्रममा टिभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थीति रहेको थियो ।

जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समुहका चालकलाई सुहाउँदो रहेको छ ।

भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ्ग डिएनएबाट प्रेरित रहेको छ ।

नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ ।

एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।’

यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको छ ।

एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी मात्र बनाएको छैन सडकमा जो सुकैको ध्यान खिच्न सफल भएको कम्पनीको भनाई छ।

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो।

यसको पावर तथा स्मार्ट कनेन्ट फिचरले एनटर्कलाई छोटो समयमा नेपलाको नम्बर १ स्कुटर बन्न सफल भएको छ ।

यससँगै दशैं तिहारलाई लक्षित गर्दै कम्पनीले “टिभीएस दशैंको आशा” योजना पनि ल्याएको छ । ग्राहकहरुले टिभीएस मोटरसाइकल खरिदमा रु ९,००० नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा रु ७००० नगद छुट पाउनेछन् । साथै ग्राहकहरुले ०५ ब्याजमा फाईनान्सको सुविधा पनि पाउँन सक्नेछन् र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

ताजा समाचार