कामनपाको विद्युतीय भुक्तानी प्रणालीमा सबै सेवा प्रदायकलाई जोड्ने तयारी

Technology Khabar ७ आश्विन २०७७, बुधबार

कामनपाको विद्युतीय भुक्तानी प्रणालीमा सबै सेवा प्रदायकलाई जोड्ने तयारी
Classic Tech

यहि असोज १ गतेदेखि विद्युतीय माध्यमबाट कर तथा राजश्व भुक्तानी सेवा शुरु गरेको काठमाडौं महानगरपालिकाले नेपालमा संचालनमा रहेका सबै भुक्तानी सेवा प्रदायकहरुलाई समेटने भएको छ ।

महानगरपालिकाले निशुल्क सेवा दिनचाहने सबै सेवा प्रदायकहरुलाई सो भुक्तानी प्रणालीमा जोड्ने भएको हो ।

यसको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाले ल्याएको राजस्व निर्धारण तथा संकलनसम्बन्धी विद्युतीय प्रणालीमा आबद्ध हुन चाहने सेवा प्रदायकहरुलाई सम्पर्क गर्न भनेको छ ।

यसको लागि भुक्तानी सेवा प्रदायकहरुले महालेखा नियन्त्रक कार्यालयले जारी गरेको राजस्व व्यवस्थापन सूचना प्रणालीमा विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक संस्थाहरुलाई आबद्ध गर्ने निर्देशिका २०७७ अनुसारको कागतपत्रसहित सम्पर्क गर्न भनिएको हो ।

महानगरपालिकाको प्रणालीमा आबद्ध हुने सेवा प्रदायकहरुले निशुल्क सेवा उपलब्ध गराउनुपर्नेछ ।

TK Viber

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

Loading...