टेलिकम जायन्ट ह्वावे अब पर्सनल कम्प्युटरको बजारमा प्रवेश गर्दै

Technology Khabar ७ आश्विन २०७७, बुधबार

टेलिकम जायन्ट ह्वावे अब पर्सनल कम्प्युटरको बजारमा प्रवेश गर्दै

काठमाडौं ।

टेलिकम जायन्ट ह्वावे टेक्नोलोजीज कम्पनी अब पर्सनल कम्प्युटरको बजारमा प्रवेश गर्ने भएको छ।

रिपोर्टहरुकाअनुसार कम्पनीले कम्प्युटर र पीसी मनिटर बजारमा कदम राख्न लागेको हो । यो अमेरिकी प्रतिबन्धको कारणले हो वा पीसी मोनिटर बजारमा अर्को चिनियाँ कम्पनी शाओमी प्रवेश गरेसँगै आकर्षित भएको हुनसक्ने बताईएको छ ।

जे भए पनि एक विश्वसनीय स्रोतको दावीको आधारमा आएको समाचार रिपोर्टअनुसार ह्वावे मनिटर बजारका साथसाथै पीसी बजारमा प्रवेश गर्न खोजिरहेको छ। ब्रान्डले मोनिटरको समतल (फ्लाट) र घुमाउरो (कर्भड) डिस्प्ले प्रयोग गर्दछ।

कर्भड डिस्प्ले टिपिभी टेक्नोलोजीद्वारा प्राप्त गरिन्छ जबकि फ्ल्याट डिस्प्लेहरू बिओईको एक सहायक कम्पनीद्वारा बनाउने गरिन्छ। पक्कैपनि कर्भड डिस्प्ले गेमिंग सेगमेन्टमा आउनेछ र यो २७ तथा ३४ इन्चमा हुनेछ जबकि फ्ल्याटहरू तीनवटा मोडेलमा हुनेछन्। बिओईद्धारा निर्मित फ्ल्याट मोनिटरहरूको बारेमा कुनै विवरण दिइएको छैन् ।

यसका साथै कम्पनी पीसी बजार पनि प्रवेश गर्ने चर्चा रहेको छ। यसको अनुकूलन हिसिलिसन ७ एनएम कुन्पेग ९२० ३२११के प्रोसेसरको वरिपरि निर्मित पहिलो ह्वावे पीसीले यूओएस (UOS) प्रयोग गर्नेछ ।

यो चाइना इलेक्ट्रोनिक्स ग्रुप र वुहान शेन्जिडु टेक्नोलोजीद्वारा विकसित चिनियाँ अपरेटिङ्ग प्रणाली हो। पीसी फोक्सकनले निर्माण गर्ने छ र पहिलो ब्याच ह्वावेको कर्पोरेट ग्राहकहरूको सेवाका लागि उपलब्ध गराईनेछ । माध्यम

Global Bank
easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

ताजा समाचार