फेसबुकले राष्ट्रपतीय निर्वाचनमा भोट हाल्न अमेरिकीलाई प्रोत्साहित गराउने

Technology Khabar ७ आश्विन २०७७, बुधबार

फेसबुकले राष्ट्रपतीय निर्वाचनमा भोट हाल्न अमेरिकीलाई प्रोत्साहित गराउने

फेसबुकले यसै साता अमेरिकीहरुलाई राष्ट्रपतीय निर्वाचनमा भोट हाल्न प्रोत्साहित गर्न नयाँ सेवा सुरु गर्दैछ।

यो नयाँ सेवा आउने सोमबारबाट सुरु हुने र फेसबुकले यसमार्फत् प्रयोगकर्तालाई भर्चुअल मतदान सूचना केन्द्रको जानकारी लिँदै रुपमा भोटका लागि कसरी रजिस्टर गर्ने, इमेलमार्फत् कसरी भोट गर्ने तथा निर्वाचनका दिन मतदान स्थलमा कसरी स्वयंसेवकको काम गर्ने भन्ने जानकारी लिन सक्छन्।

यसको बजारीकरणको अभियान अमेरिकाका प्रमुख टेलिभिजन तथा रेडियोहरु तथा अनलाइन समाचार पोर्टलहरुमा प्रकाशनरप्रसारण गरिनेछ।

गएको शनिबारदेखि फेुसबुकले यस्तै खालका जानकारीहरु फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा शेयर गर्दै आइरहेको छ।

अहिलेसम्मा मतदानका लागि झण्डै २५ लाख मानिसहरुलाई रजिस्टर गर्न सघाउन पुर्‍याएको बताउँदै हालसम्म फेसबुक र इन्स्टाग्राममा रहेका भर्चुअल मतदान सूचना केन्द्रमा झण्डै ३९ लाख जनाले भिजिट गरिसकेको दावी गरेको छ।

यसबाट सन २०१६ को राष्ट्रपतीय निर्वाचन तथा ब्रेक्जिटका समयमा भएका जस्ता मिथ्या सूचनाको कारक बन्नबाट जोगिने फेसबुकले जनाएको छ। यी दुवै चुनाव रुसको अगुवाइमा भएको मिथ्या सूचना अभियानका कारण नराम्ररी प्रभावित भएको बताइन्छ।

फेसबुकले सेप्टेम्बरको सुरुदेखि नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका दिनसम्म कुनै नयाँ राजनैतिक विज्ञापन नराख्ने जनाएको छ। अन्य सामाजिक सन्जालमा जस्तै फेसबुकमा पनि केही महिनायता मिथ्या सूचना तथा साइबर आक्रमणका गुनासाहरु बढ्दै गइरहेका छन्।

TK Viber

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

Loading...