घाम डुबेपछि नेपाल टेलिकमको ‘मोबाइल अफ’, आठ हजारभन्दा बढी सेवाग्राही प्रभावित

Technology Khabar ७ आश्विन २०७७, बुधबार

घाम डुबेपछि नेपाल टेलिकमको ‘मोबाइल अफ’, आठ हजारभन्दा बढी सेवाग्राही प्रभावित

घाम डुबेसँगै प्युठानका दुर्गम क्षेत्रमा टेलिफोन सेवा बन्द हुने गरेको छ । विद्युत् विस्तार नभएका नौबहिनी, गौमुखी र झिमरुक गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो ।

यी क्षेत्रमा मोबाइल टावर ‚थापना गरिए पनि प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ। बेलुकी घाम डुबेपछि बिहान ८ बजेभन्दा अघि दुर्गमवासी सञ्चारबाट विच्छेद हुने गरेका छन् ।

गौमुखी–१ का वडाध्यक्ष मानबहादुर थापाले साँझ घाम डुबेपछि टावर पनि हराउने बताए ।

‘इन्टरनेटको त कुरै छाडौं घाम नलाग्दा फोनसमेत गर्न पाइँदैन् । खबर आदान प्रदानमा समस्या छ,’ थापाले भने ।

फोन गर्नुपर्ने भए डाँडा चहार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । जिल्लाका चारस्थानका बिटिएस टावर सोलारका भरमा सञ्चालन हुँदै आएको छ । नेपाल टेलिकम प्युठान शाखाका प्रमुख प्रकाश श्रेष्ठले टावरमा सोलर ब्याट्री चार्ज नभएर सेवा अवरुद्ध हुने गरेको बताए । ‘विद्युतकै कारण सेवा प्रभावकारी हुनसकेको छैन्,’ उनले भने ।

उनका अनुसार गौमुखी र झिमरुक गाउँपालिका क्षेत्रका टेलिकमका सेवाग्राही आठ हजारभन्दा बढी छन् । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

Loading...