भारतीय टेलिकम जियोले भारु ४ हजार रुपैयाँको स्मार्टफोन ल्याउने योजना

Technology Khabar ७ आश्विन २०७७, बुधबार

भारतीय टेलिकम जियोले भारु ४ हजार रुपैयाँको स्मार्टफोन ल्याउने योजना

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले सस्तो एन्ड्रोइड स्मार्टफोन बनाउनका लागि काम गरिरहेको समाचार यसअघि नै आईसकेको छ, हालै आएको नयाँ जानकारीअनुसार उनीहरूको मूल्य ४ हजार भारु हुन सक्ने बताईएको छ।

रिलायन्स इन्डस्ट्रीज लिमिटेडले स्थानीय आपूर्तिकर्ताहरुलाई उत्पादन क्षमता बढाउन आग्रह गरेको छ, जसले आगामी दुई बर्षमा करिब २ करोड भन्दा बढी स्मार्टफोन निर्माण गर्न सक्दछ।

रिलायन्स जियोले यस बर्षको अन्त्य सम्ममा १० करोड सस्तो एन्ड्रोयड स्मार्टफोन लन्च गर्न सक्ने बताईएको थियो। स्रोतलाई उद्धृत गर्दै आएको रिपोर्टअनुसार कम्पनीले यी स्मार्टफोनलाई डाटा प्याकका साथ मार्केटिंग गर्ने छ र यो जुन २०२० को डिसेम्बर वा अर्को बर्षको शुरुमा ल्याइनेछ।

एक टेलिभिजन च्यानललाई गरेको अन्तर्वार्तामा रिलायन्स जियोका अध्यक्ष मुकेश अंबानीले स्थानीय आपूर्तिकर्तालाई उत्पादन क्षमता बढाउन आग्रह गरेका थिए, जसले भारतमा आगामी दुई बर्षमा अधिकतम २० करोड स्मार्टफोन निर्माण गर्न सक्दछन्। अर्को रिपोर्टकाअनुसार सस्तो एन्ड्रोइड फोनका साथ रिलायन्स जियोले कम लागतको वायरलेस योजना बजारमा ल्याउनेछ।

जियोको नयाँ सस्तो एन्ड्रोइड ४जी र ५जी स्मार्टफोन बजारमा आएसँगै भारतीय बजारमा शाओमी, रियलमी, ओपो र भिभो जस्ता चिनियाँ स्मार्टफोन निर्माता ब्रान्डले कडा चुनौतीको सामना गर्नुपर्ने अनुमान छ।

रिलायन्सको लक्ष्य आगामी दुई बर्षमा १५ करोडदेखि २० करोड यूनिट स्मार्टफोन बेच्ने लक्ष्य लिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

Loading...