Technology Khabar ६ आश्विन २०७७, मंगलवार
हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ ।
सिद्धार्थले काठमाण्डौं देखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोड सम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ । उक्त एप डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोर तथा एप स्टोरमा गई सिद्धार्थ सर्भिस टाइप गरी डाउनलोड गर्न सकिनेछ ।
एपबाट खानाका विभिन्न परिकार अर्डर गर्ने देखि होटलका कोठाहरु बुक गर्न र अनलाइन बाटै संसारभरि बाट बिलको पैसा तिर्न सकिनेछ । विदेशमा बस्नुहुनेले नेपालमा रहनुभएका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा हाम्रो सेवा प्रयोग गरी विभिन्न उपहारहरु दिन सक्नुहुनेछ ।
उक्त सेवा प्रयोग गरे वापत खल्ती, इसेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथा विदेशबाट भुक्तानी गर्न सकिने जानकारी दिएको छ।
सिद्धार्थले आफ्ना रेगुलर ग्राहकलाई आफ्नो सदस्यता कार्ड उपलब्ध गराउँदै आएको छ । हाल सम्म दस हजार बढी ग्राहकले यो सेवा प्रयोग गर्दै आएका छन् ।
जसलाई सिल्भर, गोल्ड र प्लाटिनम मेम्बर गरि ३ प्रकारमा विभाजन गरिएको छ र कम्पनीले विभिन्न समयमा विभिन्न अफर डिस्काउन्ट प्याकेज र स्कीमजस्ता सुविधाहरु साथै आफुले तिरेको रकमबाट बोनससमेत उपलब्ध गराउदैं आएको छ । उक्त सुबिधा लिन चाहनेका लागि एपबाटै फारम भरी निशुल्क सदस्यता लिन सकिने ब्यबस्था उपलब्ध गराइएको छ ।
सदस्यता नभएकाहरुले पनि एपमा Continue as Guest मा क्लिक गरी सेवा प्रयोग गर्न सकिनेछ । उक्त एपमार्फत अर्डर गर्दा हाललाई १५ प्रतिशत छुट दिनुको साथ साथै रु. ५००/- भन्दा माथिको अर्डरमा हरेक शाखा बाट ३ कि. मि सम्म फ्रिडेलिभरीको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ६ आश्विन २०७७, मंगलवार