हुन्डाइको दशैं तिहार योजना

Technology Khabar ५ आश्विन २०७७, सोमबार

हुन्डाइको दशैं तिहार योजना
Classic Tech

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशैं तिहार WELCOME TO HYUNDAI PARIWAR” योजना ल्याएको छ ।

यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५, २०७७ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप रु. १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीले जानकारी दिएको छ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ्ग, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने कम्पनीको भनाई छ।

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

Comments are closed.

Loading...