नेपालीले डिजिटल वालेटबाटै रेमिट्यान्स पठाउन सक्ने, नेपालभित्र वालेटमै भुक्तानी हुने

Technology Khabar ५ आश्विन २०७७, सोमबार

नेपालीले डिजिटल वालेटबाटै रेमिट्यान्स पठाउन सक्ने, नेपालभित्र वालेटमै भुक्तानी हुने
Global IME Bank

काठमाडौं ।

विदेशमा काम गर्ने श्रमिकहरुले नेपालमा रेमिट्यान्स पठाउनका लागि डिजिटल पेमेन्ट सेवामार्फत पठाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएसँगै डिजिटल माध्यम छनौट गर्न सकिने भएको हो । राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नेपाली रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका हुन् ।

यसको लागि नेपाल पैसा पठाउन मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रिक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिनेछ । यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसको लागि राष्ट्र बैंकले नयाँ व्यवस्थामा विभिन्न सर्तहरु समेत राखेको छ ।

जसअन्तरगत नेपाली कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेन्ट इन्ष्ट्रमेण्ट सञ्चालन गर्ने संस्थागत आवद्ध भएको हुनु पर्ने, डिजिटल पेमेण्ट इन्ष्ट्रमेण्टबाट क्रस बर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेरमा अपनाउनु पर्ने सुरक्षा व्यवस्थाहरुका बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने लगायतका सर्तहरु राखेको हो।

यसका साथै डिजिटल पेमेन्ट सर्भिस प्रदायकबाट पठाएको रकम नेपालमा भुक्तानी लिन सक्ने अवस्था नभएको भए वालेटमा तोकिएको सीमासम्म राखेर बाँकी रकम भने प्रापकको बैंक एकाउन्टमा जम्मा गर्ने व्यवस्था समेत मिलाउनुपर्नेछ ।

Digital-Remittance.2077-06-05
Sajilo Visa

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार