प्लेस्टोरबाट हटाएपछि दादागिरी देखाउन खोजेको पेटीएमद्वारा गूगललाई आरोप

Technology Khabar ५ आश्विन २०७७, सोमबार

प्लेस्टोरबाट हटाएपछि दादागिरी देखाउन खोजेको पेटीएमद्वारा गूगललाई आरोप

काठमाडौं ।

गएको शुक्रबार गूगलले आफनो प्ले-स्टोरबाट पेटीएम एप्लिकेशनलाई थुप्रै घण्टासम्म हटाएर पछि फेरि राखिदियो।

कम्पनीका अनुसार पेटीएमले आफ्नो पेमेन्टमा क्रिकेट स्टिकरको प्रोमो चलाइ रहेको थियो। उसका अनुसार क्यासब्याक र भाउभर राख्नुले गूगल र पेटीएमबीचको सम्झौतामा केही नभए पनि फेन्टासी गेमिङको अफर राख्नु भनेको नियम उल्लंघन गर्नु हो।

पेटीएमले नियमको उल्लंघन गर्‍यो: गूगल
गूगलका अनुसार फेन्टासी गेमिङ अफर राखेर पेटीएमले आफूसँग गरेको सम्झौतामध्ये ग्याम्बलिङ पोलिसी उल्लंघन गरेको हो। यो घटना आईपीएल शुरु हुनुभन्दा अघिल्लो दिन भएको हो। यसले प्रयोगकर्ताहरुमा फेन्टासी स्पोर्ट प्रतिको रुची झन बढाइदियो। इन्टरनेटमा खेलिने यो गेममा मानिसहरु टीमले आईपीएलमा गरेको प्रदर्शन अनुसार भर्चुअल टीम बनाउँछन्।

पेटीएमले गएको शुक्रबार फेन्टासी पेटीएम क्रिकेट लिगको घोषणा गरेको थियो। यसमा प्रयोगकर्ताहरुले आईपीएलमा टिमले गरेको वास्तविक प्रदर्शनका आधारमा नगद पुरस्कार जित्न सक्छन्। यो ड्रिम ११ फेन्टासी स्पोर्टकै हिसाबको प्रोजेक्ट थियो।

ड्रिम ११ नै आईपीएल २०२० को मुख्य प्रायोजक भएकाले पेटीएमले उस्तै प्रोजेक्ट चलाउनु प्लेस्टोरको नियम विपरीत हुने बताउँदै आवश्यक कदम चालेको गूगलको दावी छ।

यसपछि पेटीएमका प्रमुख शेखर शर्माले गूगल प्लेमा पेटीएम फर्किने बित्तिकै आफ्नो कम्पनीका तर्फबाट कुनै पनि नियम उल्लंघन नभएको बताए। उनले कारोबार चलाउने कम्पनीहरुको आआफ्नै नीति नियम हुने र अमेरिकी नीति अनुसार भारतमा व्यवसाय नचल्ने समेत जवाफ दिए। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

ताजा समाचार