भारतमा अक्टोबर १ देखि कलर टेलिभिजन महंगो हुने, नेपाली बजारमा के असर पर्ला ?

Technology Khabar ५ आश्विन २०७७, सोमबार

भारतमा अक्टोबर १ देखि कलर टेलिभिजन महंगो हुने, नेपाली बजारमा के असर पर्ला ?
सांकेतिक
Classic Tech

भारतमा अक्टोबर १ देखि कलर टेलिभिजन महंगो हुने संकेत देखिएको छ। स्रोतका अनुसार भारतको केन्द्र सरकारले अहिले दिइराखेको ओपन सेलको आयातमा ५ प्रतिशत छुटको व्यस्था सेप्टेम्बर मसान्तबाट हटाउन लागेकाले यस्तो हुन लागेको हो।

रंगीन टेलिभिजनका लागि ओपन सेल महत्वपूर्ण हिस्सा हुने भएकोले यो क्षेत्र महंगीने आंकलन गरिएको हो। एलईडी टीभीमा ओप सेलले पिक्चर ट्युब जस्तै काम गर्ने भएको र भारतमा ओपन सेलको उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने हुन्छ। अहिलेसम्म ५ प्रतिशत आयात कर छुट भइरहेकोमा अक्टोबरदेखि आयातकर्ताले त्यो ५ प्रतिशत कर तिर्नुपरेपछि रंगीन टीभीको मूल्य बढ्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

कति महंगो होला
टिभी कम्पनीहरुकाअनुसार सरकारको हालैको फैसलाका कारण टीभीको मूल्य ६ सय देखि १५ सय रुपैयाँसम्म बढ्न सक्नेछ। तर सरकार भने डेढदेखि २ सय रुपैयाँसम्म मात्र बढ्ने दावी गर्छ। सरकारको भनाइ अनुसार देशमै उत्पादन बढोस् भन्ने उद्देश्यले निर्यात करमा छुट गरी टीभी आयातमा रोक लगाइएको हो।

अब के होला
टिभी निर्माताहरुका अनुसार ओपन सेलमा कर लागू हुन थालेपछि फेरि भारतमा आसियन राष्ट्रहरुबाट एलईडी टीभीको आयात बढ्न सक्छ। भारतमा आसियान राष्ट्रसँग खुला व्यापार सम्झौता भएकाले ती राष्ट्रबाट आयात गर्दा कर तिर्नु पर्दैन। देशमै ओपन सेल उत्पादन गर्न थुप्रै लगानी तथा कमसेकम ३/४ वर्षको समय लाग्न सक्छ।

एलजीजस्तो कम्पनीले अहिले भारतमा टीभी बनाउँदा ओपन सेल आयात गर्ने गरेकोमा अक्टोबरबाट लागू हुने नयाँ नियमका कारण अब सोझै टिभी नै आयात गरेर बेच्न सक्ने देखिएको छ।

नेपालभित्र बिक्री हुने टिभी कम्पनीहरुले पनि भारतमा उत्पादन गरिएका टिभी सेटहरु आयात गर्दै आएका छन् । जसले गर्दा भारतबाट आयात हुने कलर टिभीको मूल्य बढ्न सक्नेछ भने अन्य बाहिरी देशहरुबाट आयात हुने ब्राण्डलाई भने फरक पर्नेछैन् ।

TK Viber

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

Loading...