एप्लाइ जब डटकमले आगामी दुई वर्षमा १५ हजार भन्दा बढीलाई रोजगारी दिलाउने

Technology Khabar ५ आश्विन २०७७, सोमबार

एप्लाइ जब डटकमले आगामी दुई वर्षमा १५ हजार भन्दा बढीलाई रोजगारी दिलाउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । विगत ३ वर्षदेखि सञ्चालनमा रहेको एप्लाइ जब प्रालिले आफनो व्यवसायिक यात्राको थालनी गरेको छ।

बेरोजगार व्यक्तिहरुलाई रोजगारदाता कम्पनीमार्फत रोजगारीका अनेकन अबसर प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त अनलाइन पोर्टलमा अन्य बिशेष प्रकारका सेवाहरुसमेत उपलब्ध रहेका छन् ।

नेपालमा सञ्चालित अन्य रोजगारमुलक कम्पनीहरु भन्दा फरक बिशेषता, सेवा र सुविधासहितको यस कम्पनीले धेरै भन्दा धेरै क्षेत्रमा रोजगारीका अवसर सृजना गरी अधिकतम संख्यामा रहेका बेरोजगारहरुलाई आफनो क्षमता र दक्षता अनुसारको रोजगारी प्रदान गर्ने जनाएको छ ।

रोजगारीको अवसर खोजि गर्ने व्यक्तिहरुले सर्वप्रथम यस कम्पनीको आधिकारिक वेबपेज एप्लाइ जब डट कम (www. applyjob.com)मार्फत लग इन गरी सोहीमार्फत आफनो बायोडाटा तयार गरी सो को विवरण तथा उक्त सिस्टममा उपलब्ध सेवा अनुसार भिडियो मार्फत पनि व्यत्तिगत विवरण अपलोड गर्न सक्नेछन् ।

यसका साथै यो व्यवसायिक सामाजिक सञ्जालको रुपमा समेत रहेकोले रोजगारदाता कम्पनी तथा प्रयोगकर्ताले सःशुल्क वा निःशुल्क आफना व्यवसायिक वा पेशागत विज्ञापन गरी फाईदा लिन सक्नेछन् ।

एप्लाइ जब डट कम नेपालबाट शुरुवात भएपनि यसले विश्वका विभिन्न देशहरु भारत, अमेरिका, अष्ट्रेलिया, श्रीलंका, माल्दिभ्स, मलेशिया लगायत आठ भन्दा बढी देशबाट सेवा सुचारु गर्न सबै प्रक्रिया पुरा गरिसकिएको र आगामी दुई वर्ष भित्रमा विश्वका करिब ५० भन्दा बढी देशमा सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

साथै थप सेवाको रुपमा एचआरएम, सिआरएम र क्लाउड कम्प्यूटिङ्ग सफ्टवेयर सेवा समेत विस्तार गर्दै जाने जनाएको छ ।

नेपालबाट विकसित भई विश्व बजारमा समेत छुट्टै स्थान बनाउने उद्देश्यले सञ्चालित रोजगारीमुलक सामाजिक सञ्जाल एप्लाइ जब डट कमले कामको लागि विदेसिएका र विदेशिनु पर्ने बाध्यताको अन्त्य गरी स्वदेशमा नै रोजगारीको अबसर सृजना गरी आगामी दुई वर्षमा १५,००० भन्दा बढीलाई रोजगारी दिलाउने तथा आफनो सञ्जाल प्रयोग गरेबापत बैदेशिक आम्दानी भित्राइ समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउने लक्ष्य लिएको छ।

उक्त व्यवसायिक सामाजिक सञ्जालको एप्लिकेशन एन्ड्रोइड तथा आइओएस मार्फत पनि डाउनलोड गरी प्रयोग गर्न सकिनेछ।

Sajilo Visa

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया