क्लिन फिड समयमै लागू गर्न नेपाल विज्ञापन संघको माग, भ्रम नफैलाउन सबैसँग आग्रह

Technology Khabar ५ आश्विन २०७७, सोमबार

क्लिन फिड समयमै लागू गर्न नेपाल विज्ञापन संघको माग, भ्रम नफैलाउन सबैसँग आग्रह
Classic Tech

क्लिन फिड समयमै लागू गर्न नेपाल विज्ञापन संघले माग गरेको छ । संघले
केही समय देखि विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै संघले नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएर २०७६ कार्तिक ८ गते नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मा प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष भएको जनाएको छ ।

यस्ता विषयमा आम संचार माध्यममा आएका समाचार तथा टिप्पणीहरु बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर रहेको छ ।

‘यस्ता समाचार एवं टिप्पणिलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्नु हुने विभिन्न व्यक्ति, संघ–संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्नु हुन समेत संघ अनुरोध गर्दछौं,’ संघले विज्ञप्तीमा भनेको छ ।

संघले विज्ञापन वोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धीत मन्त्रालयले अगाडी बढाउने कुरामा विश्वस्त रहेको उल्लेख गरेको छ । साथै क्लिन फिडको समयाबधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागु हुने विषयमा पनि संघलाई कुनै दुविधा नरहेको बताएको हो।

साथै बिधेयकमार्फत कानुनी रुपमा अगाडि बढि सकेको क्लिन फिड तोकिएकै मिति २०७७ कार्तिक ८ गते देखि लागु गर्न सम्बन्धित मन्त्रालय एवं नेपाल सरकारसंग संघ जोडदार माग गरेको छ ।

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

Comments are closed.

Loading...