गिटहबले नयाँ ओपन सोर्स संग्रहलाई ‘मास्टर’ को सट्टा ‘मेन’ नाम दिने

Technology Khabar ५ आश्विन २०७७, सोमबार

गिटहबले नयाँ ओपन सोर्स संग्रहलाई ‘मास्टर’ को सट्टा ‘मेन’ नाम दिने
Classic Tech

विभिन्न कम्पनी तथा व्यक्तिहरुले आफ्नो सोर्स कोड प्रोजेक्ट राख्ने गिटहबमा नयाँ सोर्स कोड रिपोजिटरीलाई अर्को महिनादेखि मास्टरको सट्टा मेन नाम दिइने भएको छ। मास्टर शब्द दास प्रथासँग जोडिएकोले त्यसको सट्टा मिल्दो जुल्दो अर्को नाम दिन लागिएको हो।

गिटहबले प्राथमिक सोर्स कोडको संग्रहलाई मास्टर नाम दिने गरेको छ। डेभलपरहरुले मास्टर फाइलबाट सोर्स कोड कपी गरेर आफुले अरु कोड थप्ने र त्यसपछि फेरि नयाँ बनेको सोर्स कोड मास्टर संग्रहमै राखिदिने गर्दछन्।

‘२०२० अक्टोबर १ देखि नयाँ सोर्स कोड संग्रहलाई मास्टरको सट्टा मेन भनिनेछ,’ कम्पनीले भनेको छ। अहिले मास्टर नाम दिइएका मुख्य संग्रहहरुको नाम भने यथावत छाडिने बुझिएको छ।

‘अहिले भइरहेका संग्रहहरुका हकमा नाम फेर्दा धेरै कुराहरु परिवर्तन गर्नुपर्ने हुन्छ,’ गिटहबले यसै महिनाको शरदमा आफ्नो सपोर्ट पेजमा लेखेको थियो। यसो गर्दा पुल रिक्वेस्ट तथा सुरक्षा नीतिमा पनि परिवर्तन गर्नुपर्ने कम्पनीको भनाइ छ।

‘हामी यो वर्षको अन्त्यसम्म अहिले भएका संग्रहहरलाई पनि नयाँ नाम दिनेछौ,’ गिटहबले भनेको छ, ‘जब ब्रान्च रिनेम हुन्छ तब पुल रिक्वेस्ट तथा ड्राफ्ट रिलिजका साथै ब्रान्चको सुरक्षा नीतिमा पनि आफसेआफ परिवर्तन हुनेछ।’

गिटहबले यो घोषणा गत जुनमै गरेको थियो । यसै वर्षको सुरुमा अमेरिकामा अश्वेत जर्ज फ्लोयडको बर्बर हत्यापछि चुलिएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनपछि प्रविधि कमुपनीहरुले त्यसलाई समर्थन गर्न मास्टर, स्लेभ, ब्ल्याकलिस्ट, व्हाइटलिस्ट आदिजस्ता असमावेशी शब्दावलीलाई त्याग्ने घोषणा गरेका थिए।

कम्पनीहरु तथा माइक्रोसफ्ट, आईबीएम, ट्विटर, रेड ह्याट, माइएसक्युएल, लिनक्स केर्नल तथा ओपनबीएसडीजस्ता ओपन सोर्स प्रोजेक्टहरुले २०२० को ग्रीष्म ऋतुभित्र यस्ता शब्दावली परिवर्तन गर्न सहमत भएका छन्।

गिटहब नै यस अभियानलाई सघाउन मास्टरबाट मेन बनाउन लागि परेको कम्पनी हो र यसका बारेमा गिटहबका सीईओले गएको जुन महिनामै घोषणा गरेका थिए। त्यसै घोषणाका आधारमा काम गर्न लागिएको कम्पनीले यसै महिना बताएको हो।

माध्यम

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

Comments are closed.

Loading...